होमपेज > घट्यो सिमेन्टको मूल्य, कति पुग्यो?

घट्यो सिमेन्टको मूल्य, कति पुग्यो?

बिज्ञापन
बिज्ञापन

बजारमा सिमेन्टको मूल्य घटेको छ। सिमेन्ट उद्योगमा हुँदै आएको लोडसेडिङ घटेसँगै उद्योगीहरूले सिमेन्टको मूल्य घटाउन थालेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक कुमारप्रसाद दाहालले जानकारी दिए।

बिज्ञापन

‘लोडसेडिङ घटेसँगै उत्पादन बढेको र सिमेन्टमा प्रतिबोरा २५ रुपैयाँसम्मले मूल्य घटाएको जानकारी आएको छ,’ महानिर्देशक दाहालले भने, ‘लोडसेडिङ पूर्णरुपमा हटेपछि अझै धेरै मूल्य घट्छ।’ फलामे छड (डन्डी) को मूल्य घटेको बारेमा जानकार नभएको बताए। ‘ठ्याक्कै के कति घट्यो भनेर भन्न सक्ने अवस्था छैन। यस विषयमा उद्योगीहरूसँग सोध्नुपर्ने हुन्छ ,’ उनले भने।

बिज्ञापन

यसअघि विभागले उद्योगीहरूलाई सिमेन्ट र डन्डीको उत्पादन लागत मूल्यको सम्पूर्ण विवरण विभामा उपलब्ध गराउन पत्राचार गरेको थियो। साथै विभागका महानिर्देशक दाहालले उद्योगीहरूलाई एक साताभित्र सिमेन्ट र डन्डीको अधिकतम खुद्रा मूल्य (एमआरपी) राख्न निर्देशन दिएका छन्। उद्योगीहरूले पनि उक्त कुराको सहमति जनाएका छन्।

 

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते