ज्योति विकास बैंकले सुदूरपश्चिम प्रदेशका दुर्गम पहाडी क्षेत्रमा नवजात शिशुको जीवन रक्षाका लागि बेबी वार्मर मेसिन प्रदान गरेको छ।
बिज्ञापन
ज्योति विकास बैंकले सुदूरपश्चिम प्रदेशका दुर्गम पहाडी क्षेत्रका स्वास्थ्य संस्थाहरुलाई बेबी वार्मर मेसिन प्रदान गरेको छ। यो पहलले नवजात शिशुको जीवन रक्षामा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
बिज्ञापन
बैंकले बैतडीको श्रीकोट हेल्थ पोस्ट, दार्चुलाको शर्मौली हेल्थ पोस्ट, सौगन्ना आधारभूत स्वास्थ्य केन्द्र, र बाजुराको ब्रह्मटोल हेल्थ पोस्टमा यी बेबी वार्मर मेसिन जडान गरेको हो। यस उपकरणले शिशुको शारीरिक तापक्रम नियन्त्रण गर्दै हाइपोथर्मियाको जोखिमबाट बचाउने कार्य गर्नेछ।
बैंकका मार्केटिंग, ब्रान्डिङ तथा डिपोजिट सेल्स विभाग प्रमुख कुशल जंग अधिकारीको उपस्थितिमा स्वास्थ्य चौकीका पदाधिकारी र स्थानीय प्रतिनिधिहरूको सहभागीता रहेको कार्यक्रममार्फत मेसिन हस्तान्तरण गरिएको थियो। यस अवसरमा चिकित्सक, नर्स र कर्मचारीहरूलाई मेसिन सञ्चालनसम्बन्धी विशेष तालिम पनि दिइएको छ।
बिज्ञापन
‘हाम्रो विकास प्रवर्द्धन कोष’ मार्फत बैंकले अबसम्म देशभर ५९ वटा बेबी वार्मर प्रदान गरेको छ। यसबाट वार्षिक २,०६५ भन्दा बढी शिशु लाभान्वित भएका छन्, र हालसम्म १०,३२५ शिशुले यो सुविधाबाट प्रत्यक्ष लाभ लिएका छन्। बैंकले ग्रामीण क्षेत्रहरूमा हाइपोथर्मियाका कारण शिशु मृत्यु दर उच्च रहेको तथ्यलाई मध्यनजर गर्दै यो पहल गरेको हो।
सामाजिक उत्तरदायित्वका क्षेत्रमा ज्योति विकास बैंकले अन्य बैंकहरूभन्दा ५० प्रतिशत बढी रकम छुट्याएर समाजप्रति आफ्नो दायित्व निर्वाह गर्दै आएको छ। बैंकले हालसम्म रु. ४० करोडको योगदान गरेको छ र चालु वर्षको पुस मसान्तसम्म रु. १५ करोड राजस्वमा योगदान पुर्याएको छ।








