होमपेज > भाटभटेनी लुटपाट गर्ने ९ जना पक्राउ

भाटभटेनी लुटपाट गर्ने ९ जना पक्राउ

बिज्ञापन
बिज्ञापन

शुक्रबार पूर्वराजा समर्थितहरूले गरेको प्रदर्शनका क्रममा कोटेश्वरस्थित भाटभटेनी लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ।

बिज्ञापन

दुर्गा प्रसाई नेतृत्वको राजावादीहरूले निकालेको प्रदर्शनका कारण भाटभटेनी तोडफोडसमेत भएको थियो। तोडफोडपछि लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको जनाएको छ। उनीहरूलाई प्रहरीले काठमाडौँका विभिन्न स्थानहरूबाट चैत १६ / १७ गते पक्राउ गरेको हो।

बिज्ञापन

पक्राउ परेका उनीहरूलाई सामानसहित थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त बानेश्वर पठाइएको प्रहरीले जानकारी दिएको छ। पक्राउ पर्ने सबै जना उक्त भाटभटेनी आसपासकै रहेका पाइएका छन्।

पक्राउ पर्नेहरूमा धनुषा घर भई कोटेश्वर बस्ने आशीष साह, सर्लाही घर भई कोटेश्वर नरेफाँट बस्ने प्रेम कुमार महतो, नरेफाँट नै बस्ने भारत घर भएका रवि रञ्जन कुमार, नुवाकोट घर भई कोटेश्वर बस्ने सुशीला कुमाल, सुनसरी धरान घर भएकी कोटेश्वर बस्ने एलिसा राई, कोटेश्वर नरेफाँट बस्ने बालकुमारी कार्की, सिन्धुपाल्चोक घर भई नरेफाँट बस्ने निर्मला कार्की, सिन्धुली घर भई नरेफाँट बस्ने चित्रमाया बस्नेत र सिन्धुली तीनपाटन घर भई नरेफाँट नै बस्ने सुस्मिता बराल रहेका प्रहरीले जानकारी दिएको छ।

बिज्ञापन

-बरामद सामान:

१-Black Label मदिरा थान-१ (1ltr )

२-Jack Daniels मदिरा थान-२ ( 2ltr)

३-वियरको खाली बोतल थान -४

४-Yarchagumba Brand को मदिरा थान -१  ( 750ml)

५-११ थान हाफ् पाइन्ट,१ थान ट्राउजर

६-१ थान ट्रे, १ थान क्यारेट

७-१ थान क्यारेट

८-फलफुल

९-लिपस्टिक थान- ६९, ऐना थान-१, गाजल थान- २१,

१०-अन्य सामान थान-१२

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते