शनिबार बिहान अफगानिस्तानमा लगातार दुईपटक भूकम्प गएको छ।
बिज्ञापन
त्यहाँको राष्ट्रिय भूकम्प विज्ञान केन्द्रका अनुसार अफगानिस्तानमा पहिलो भूकम्प ४.३ म्याग्निच्युडको थियो। त्यसपछि आएको भूकम्पको तीव्रता ४.७ थियो। दोस्रो भूकम्पको केन्द्रबिन्दु जमिनबाट १८० किलोमिटरमुनि थियो। पहिलो भूकम्पको केन्द्रबिन्दु जमिनबाट २२१ किलोमिटर तल थियो।
बिज्ञापन
शुक्रबार मात्र म्यानमार र थाइल्यान्डमा शक्तिशाली भूकम्प जाँदा ठूलो मात्रामा धनजनको क्षति भएको छ। म्यानमारमा अहिलेसम्म १४४ जनाको मृत्यु पुष्टि भए पनि मृतकको संख्या १० हजार नाघ्ने अनुमान गरिएको छ।








