होमपेज > ३९.१३ अंकले बढ्यो नेप्से, सबै उपसूचक हरियाली

३९.१३ अंकले बढ्यो नेप्से, सबै उपसूचक हरियाली

बिज्ञापन
बिज्ञापन

साताको चौथो कारोबार दिन नेप्से ३९.१३अंकले बढेर २६२१.८६ को विन्दुमा कायम भएको हो।

बिज्ञापन

यस दिन नेप्सेमा कारोबार भएको ३१७ कम्पनीको ९१ लाख ४२ हजार ९४१ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब २० करोड ४४ लाख ८ हजार रुपैयाँको कारोबार भएको छ।आज बजारमा वृद्धि आउँदा सबै उपसूचक हरियाली भएको छ।

बिज्ञापन

यस दिन राप्ती हाइड्रोको सेयर मूल्य सर्वाधिक बढेको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५.७४ प्रतिशतले बढेको छ। त्यसैगरी, बुद्ध भूमि नेपाल हाइड्रोपावरको ५.५५ प्रतिशत, आरबिबि म्युचुअल फण्डको ५.३३ प्रतिशत, युनायटेड इदी मादी हाइड्रोपावरको ५.१७ प्रतिशत, मनकामना इन्जिनियरिङ हाइड्रोपावरको ५.०५ प्रतिशतले सेयर मूल्य बढेको छ।

-कुन कम्पनीको कति भयो कारोबार?

बिज्ञापन

यस दिन सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्सको सेयर सर्वाधिक कारोबार भएको छ। आज कम्पनीको ४१ करोड ८६ लाख ७८ हजार रुपैया बराबरको कारोबार भएको छ। कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको नेपाल रिइन्स्योरेन्स कम्पनीको ३१ करोड ६३ लाख २६ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ।

त्यस्तै यस दिन गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको २२ करोड ९८ लाख ७९ हजार रुपैंया, नारायणी डेभलपमेन्ट बैंकको ११ करोड ६२ लाख ८३ हजार रुपैयाँ, यूनाइटेड मोदी हाइड्रोपावरको १० करोड ६६ लाख ५८ हजार रुपैयाँको कारोबार भएको हो।

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते