होमपेज > ठुलो परिमाणमा अवैध गहनासहित काठमाडौँको स्वयम्भूबाट एक जना पक्राउ

ठुलो परिमाणमा अवैध गहनासहित काठमाडौँको स्वयम्भूबाट एक जना पक्राउ

बिज्ञापन
बिज्ञापन

अवैध रूपमा सुन ल्याएर तयार पारिएको गहनासहित काठमाडौँको स्वयम्भूबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नुवाकोटको विदुर नगरपालिका–५ घर भएर कलंकीमा बस्दै आएका दिपेशलाल चित्रकार छन्।

बिज्ञापन

प्रहरी वृत्त स्वयम्भूको टोलीले उनलाई काठमाडौँ महानगरपालिका–१५ स्वयम्भूस्थित आनन्दकुटीबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले रातोपाटीलाई बताए। आरोपीको साथबाट ठुलो परिमाणमा सुनका गहना बरामद गरिएको छ। उनको साथबाट नौगेडी ११ थान, सिङ्गल गेडी माला ७ थान, क्रिस्टल सहितको सुनको माला १३ थान, मङ्गलसूत्र ६ थान, सोली गेडी १ थान, टप ३ थान, क्लिप ९ थान सहित १४ प्रकारका गहना प्रहरीले बरामद गरेको छ।

बिज्ञापन

अवैध रूपमा आयात गरेको सुनलाई गहना बनाएर उनले बेच्ने गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ। प्रहरीसँग उनले भनेका छन्, ‘बङ्गालीहरूले ल्याएर दिएको सुनको गहना बनाएर बेच्न हिँडेको हुँ।’

गहना बेच्न हिँडेको अवस्थामा मङ्गलवार पक्राउ परेका उनलाई प्रहरीले राजस्व अनुसन्धान विभाग हरिहर भवनमा बुझाएको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते