होमपेज > पोखरा महानगरको कर्मचारी २५ हजार रुपैयाँ घुससहित पक्राउ

पोखरा महानगरको कर्मचारी २५ हजार रुपैयाँ घुससहित पक्राउ

बिज्ञापन
बिज्ञापन

पोखरा महानगरको फर्छ्यौट शाखामा कार्यरत कर्मचारी कपिल गिरी २५ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्।

बिज्ञापन

अख्तियार दुरूपयोग अनुसन्धान आयोग पोखराको टोलीले महानगरपालिकाको गेटबाट उनलाई घुससहित पक्राउ गरेको हो। महानगरका विषयमा अख्तियारमा परेका उजुरी फर्छ्यौट गर्ने जिम्मेवारीमा रहेका गिरीले अख्तियार मिलाउन भन्दै एक कर्मचारीसँग एक लाख रुपैयाँ घुस मागेका थिए।

बिज्ञापन

अख्तियार पोखराका सूचना अधिकारी राकेश पाण्डेका अनुसार गिरीले अख्तियारलाई मिलाउन घुस चाहिने भन्दै मागेको सूचना पाएपछि घुससहित पक्राउ गरिएको हो। ‘अख्तियारमा परेका उजुरीका विषयमा जबाफ पठाउने ठाउँमा रहेका कपिल गिरीले एक व्यक्तिलाई उनका विरूद्ध अख्तियारमा धेरै उजुरी परेको र अख्तियारलाई मिलाउन घुस मागेको सूचना आयो,’ उनले भने, ‘सूचनाका आधारमा गिरीलाई २५ हजार घुससहित पक्राउ गरेका हौं।’

स्याङ्जाको पुतलीबजार नगरपालिकामा काम गरेका गिरी बढुवा भएर पोखरा महानगर आइपुगेका थिए। घुसका विषयमा उनलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको अख्तियारका सूचना अधिकारी पाण्डेले जानकारी दिए।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते