सानिमा जीआइसी इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज चैत ७ गते बिहीबार अन्तिम दिन हो।
बिज्ञापन
यस इन्स्योरेन्स कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनको लागि चैत ८ गते बुक क्लोज गर्दैछ। तसर्थ, आजसम्म कायम सेयरधनीले कम्पनीले प्रस्ताव गरेको लाभांश र साधारण सभामा सहभागि हुन पाउने छन्।
बिज्ञापन
गत वर्षको नाफाबाट यस कम्पनीले शेयरधनीलाई ७.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.३९४७ प्रतिशत नगद लाभांश वितरण गर्दैछ। उक्त प्रस्ताव पारित गर्न चैत २१ गते वार्षिक साधारण सभा बोलाएको हो।
साथै, साधारण सभाले छैटौं वार्षिक साधारण सभाबाट पारित २५ प्रतिशत हकप्रद शेयर संशोधन गरी अब १७ प्रतिशतमात्र हकप्रद जारी गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।







