होमपेज > एभरेष्ट बैंक र नेशनल बैंकिङ्ग इन्स्टिच्युटबीच ट्रेनिङ्ग निड एसेसमेन्ट समझदारी

एभरेष्ट बैंक र नेशनल बैंकिङ्ग इन्स्टिच्युटबीच ट्रेनिङ्ग निड एसेसमेन्ट समझदारी

बिज्ञापन
बिज्ञापन

एभरेष्ट बैंक लिमिटेड र नेशनल बैंकिङ्ग इन्स्टिच्युट लिमिटेडले एभरेष्ट बैंकका कर्मचारीहरूका लागि ट्रेनिङ्ग निड एसेसमेन्ट गर्न सम्झौतामा हस्ताक्षर गरेका छन्। यो रणनीतिक सहकार्यको उद्देश्य कर्मचारीहरूको सीपमा सुधारको आवश्यकता पहिचान गर्नु र संगठनात्मक उत्कृष्टतालाई अगाडि बढाउन कर्मचारीको दक्षता बढाउनु भएको बैंकले जनाएको छ।

बिज्ञापन

कार्यक्रममा बोल्दै, एभरेष्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले भने, “यो पहलले कन्टिनिअस प्रोफेसनल एजुकेसन मार्फत कर्मचारीहरूको सीप विकासप्रतिको हाम्रो प्रतिबद्धतालाई प्रष्ट्याउँछ, जसले हाम्रा कर्मचारीहरूलाई बैंकिङ क्षेत्रमा विद्यमान चुनौतीहरूको सामना गर्न र अपेक्षित परिणाम हासिल गर्न सक्षम वनाउनेछ।”

बिज्ञापन

सोहि अवसरमा बोल्दै नेशनल बैंकिङ्ग इन्स्टिच्युटका प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालले “राम्रो सँग संचालित ट्रेनिङ्ग निड एसेसमेन्ट ले उत्पादकत्व र सेवाको गुणस्तर बढाउनका लागि प्रभावकारी तालिम कार्यक्रमहरू डिजाइन र संचालन गर्न बलियो जग प्रदान गर्ने” कुरामा विश्वास व्यक्त गरे।

यस साझेदारी मार्फत, एभरेस्ट बैंकले आफ्ना कर्मचारीहरूको सीपमा आवश्यक सुधारको मूल्याङ्कन र सम्बोधन गर्न योजनावद्ध दृष्टिकोण अपनाउने लक्ष्य राखेको छ। यो पहल नेपालको बैंकिङ क्षेत्रमा दक्षता अभिवृद्धि गर्ने दुवै संस्थाको प्रतिबद्धतासँग मेल खाने विज्ञप्तिमा उल्लेख छ।

बिज्ञापन

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते