होमपेज > साझा यातायातको सीईओका लागि पुनः दरखास्त आह्वान

साझा यातायातको सीईओका लागि पुनः दरखास्त आह्वान

बिज्ञापन
बिज्ञापन

साझा यातायातको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा नियुक्तिका लागि पुनः दरखास्त आह्वान भएको छ।

बिज्ञापन

पहिलोपटक गत पुस २९ गते खुला दरखास्त आह्वान गरेको साझा यातायातले पर्याप्त दरखास्त नपरेको भन्दै आज दोस्रोपटक आवेदन आह्वान गरेको हो। आवदेन दिने म्याद २१ दिन छ। आवदेन साझा यातायातको केन्द्रीय कार्यालय पुल्चोक ललितपुरमा बुझाउन सकिने छ।

बिज्ञापन

पहिलोपटक दरखास्त आह्वान हुँदा जम्मा दुई जना ढअर्घाखाँचीका यदुनाथ पौडेल र काठमाडौंका मिलन कुमार शाक्यणको मात्र आवेदन स्वीकृत भएको थियो। साझा यातायातको प्रमुख कार्यकारी अधिकृत सिफारिस कार्यविधि २०८१ मा कम्तीमा तीन जनाको दरखास्त पर्नुपर्ने उल्लेख छ। तोकिएको संख्यामा दरखास्त नपरे पुनः सूचना प्रकाशन गर्नुपर्ने व्यवस्था अनुसार आज दोस्रोपटक सूचना सार्वजनिक गरिएको हो।

कार्यविधिमा सीईओ पदका लागि दरखास्त दिने उम्मेदवार मान्यताप्राप्त विश्वविद्यालयबाट व्यवस्थापन, कानुन, अर्थशास्त्र, वाणिज्यशास्त्र, जनप्रशासन वा इन्जिनियरिङ विषयमा कम्तिमा स्नातकोत्तर वा सो सरहको शैक्षिबक उपाधि हासिल गरेको हुनुपर्ने उल्लेख छ।

बिज्ञापन

साथै कुनै सरकारी सेवा वा प्रचलित कानुन बमोजिम दर्ता भएको संगठित संस्था वा अन्तर्राष्ट्रिय संघ, संस्थाको अधिकृत स्तरमा कम्तिमा राजपत्रांकित द्वितीय श्रेणी वा दशौं तह वा सो सरहको पदमा सात वर्ष काम गरेको अनुभव हुनुपर्ने छ । त्यस्ता उम्मेदवारको उमेर ३५ वर्ष पूरा गरेको पनि हुनुपर्ने छ।

-पुनः दरखास्त आह्वानको सूचना हेर्नुहोस्:

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते