होमपेज > खाली पेटमा कफी पिउनु निकै हानिकारक(भिडियो सहित)

खाली पेटमा कफी पिउनु निकै हानिकारक(भिडियो सहित)

बिज्ञापन
बिज्ञापन

कफी एउटा यस्तो पेय पदार्थ हो जस्को सेवन हर कोहिले गर्न रुचाउछन्। के तपाईं खाली पेटमा कफी खानुहुन्छ? यदि खानुहुन्छ भने आजबाटै हुनुहोस् सावधान! आज हामि तपाईंलाई बताउनेछाै खाली पेटमा कफी खानुका बेफाइदाहरु!

बिज्ञापन

केही मानिसलाई बिहान उठ्ने बित्तिकै कफी खान पाइएन भने खल्लो लाग्छ। कपि नखाएसम्म आँखै खुल्दैन भन्छन् कतिपय। कफीले तत्कालै तरो ताजा त महसुस गराउँछ नै। तर खाली पेटमा कफी खानु निकै हानिकारक छ। खाली पेटमा कफीको सेवनले अपच जस्ता समस्या निम्त्याउने कयौँ अध्ययनहरूले देखाएका छन्। यसले पोषक तत्त्व सोस्ने प्रक्रियामा वाधा उत्पन्न गराएर प्रतिरक्षा प्रणाली नै प्रभावित पनि बनाउन सक्छ।

बिज्ञापन

कफीले दिनभर ऊर्जावान् बनाउँछ अनि तरोताजा रहन मद्दत गर्छ भन्ने प्रमाणित भइसकेको छ। तर खाली पेटमा कफी सेवन गर्दाका अनेकौँ दुष्प्रभाव निम्तिन सक्छन्।

-खाली पेटमा कफी  सेवन गर्नुका बेफाइदाहरु:

बिज्ञापन

१-चिन्ता:

क्याफिनले हाम्रो शरीरमा ऊर्जाको स्तर बढाउन सक्छ। तर खाली पेटमा यसको सेवन गर्दा चिन्ता, निराशा र तनाव पनि बढाउँछ। यो स्थितिले दैनिक गतिविधिमा वाधा उत्पन्न गराउन सक्छ। यसले बेचैनी बढाउन सक्छ अनि कुनै काममा एकाग्रता वा ध्यान केन्द्रित गर्न समस्या हुन सक्छ।

२-पेटमा एसिडिटीको खतरा:

कफीमा एसिड हुन्छ। खाली पेटमा यसको सेवन गर्दा पेटमा एसिडिटीको समस्या बढ्न सक्छ। क्याफिन र एसिडको स्तर मिलेर पेटमा जलन पैदा गर्न सक्छन्। जसका कारण पेट दुख्ने, छाती पोल्ने र एसिड रिफ्लक्स आदि पनि हुन सक्छ। कफीको लगातार सम्पर्कका कारण ग्यास्ट्राइटिस वा पेप्टिक अल्सर जस्ता गम्भीर ग्यास्ट्रोइन्टेस्टाइनल समस्या उत्पन्न हुन सक्छ।

३-पोषक तत्त्वको अवशोषणमा समस्या:

कफीमा टैनिन नाम गरेको यौगिक हुन्छ। यसले आइरन र क्याल्सियम जस्ता केही पोषक तत्त्वको अवशोषणमा खलल उत्पन्न गराउँछ। कुनै बिमारीका कारण स्वास्थ्य लाभका लागि पोषक तत्त्वले भरपुर आहारामाथि निर्भर व्यक्तिका लागि यो विशेष रूपमा चिन्ताको विषय हो।

४-तनाव:

 

क्याफिनले शरीरमा तनाव हर्मोन अर्थात् कर्टिसोललाई उत्तेजित गरिदिन्छ। यो उच्च स्तरमा पुग्दा स्वास्थ्यमा हानिकारक प्रभाव पर्न सक्छ। यसले प्रतिरक्षा कमजोर बनाउन सक्छ, तौल बढाउन सक्छ अनि मुडसम्बन्धी विकास पैदा गर्न सक्ने बताइएको छ।

५-ब्लड सुगरमा उतारचढाव:

क्याफीनले इन्सुलिन संवेदनशीलता र ग्लुकोजलाई प्रभावित गर्न सक्छ। जसका कारण रगतमा चिनीको स्तरमा उतारचढाव हुन सक्छ। खाली पेटमा कफीको सेवन गर्दा रगतमा चिनी तीव्र गतिमा बढ्न सक्छ। समय बढ्दै जाँदा यो स्थितिले इन्सुलिन प्रतिरोधको स्थिति उत्पन्न गराएर दोस्रो खालको मधुमेह विकास गर्ने खतरा पनि बढाउन सक्छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते