होमपेज > नेप्सेको सीईओका लागि लागि सर्टलिस्टमा परे पाँच जना, बुधबार अन्तरवार्ता हुने

नेप्सेको सीईओका लागि लागि सर्टलिस्टमा परे पाँच जना, बुधबार अन्तरवार्ता हुने

बिज्ञापन
बिज्ञापन

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) छनोट तथा सिफारिस समितिले पाँच उम्मेदवारको संक्षिप्त सूची सार्वजनिक गरेको छ।

बिज्ञापन

गत फागुन १२ गते र १८ गते सार्वजनिक सूचना जारी गरेर दरखास्त आह्वान गरेको समितिले संक्षिप्त सूची तयार गरी चुडामणी चापागाईं, नारद कुमार लुईंटेल, पूर्णप्रसाद आचार्य, बद्रीप्रसाद प्याकुरेल र हेमन्त बस्यालको नाम आज सार्वजनिक गरेको हो। दरखास्त दिएकामध्ये युवराज दाहाल, प्रविण अधिकारी, बिमल कुमार तिवारी, कृष्णबहादुर कार्की र मुकुन्दराज जोशी सर्टलिस्टमा परेनन्।

बिज्ञापन

सर्टलिस्टमा परेकाहरुको अब व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्ता हुने छ। त्यसका लागि चैत ६ गते बुधबार बिहान सात बजे अर्थ मन्त्रालयमा उपस्थित हुन भनिएको छ। प्रस्तुतीकरण र अन्तर्वार्तापछि समितिले सीईओ नियुक्तिका लागि सिफारिस गर्नेछ। समितिको सिफारिसको आधारमा एक जनालाई मन्त्रिपरिषद बैठकले सीईओ नियुक्तिको निर्णय गर्नेछ।

नेप्सेको सीईओ खुला प्रतिस्पर्धाबाट छनोट गरी नियुक्तिका लागि सिफारिस गर्न अर्थ मन्त्रालयले फागुन ११ गते सेवन्तक पोखरेलको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको थियो। वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान महाशाखा प्रमुख पोखरेल संयोजकत्वको समितिमा अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल, डा. खोमराज खरेल सदस्य छन्।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते