चैत महिनाका लागि करिब एक दर्जन बैंकले ब्याजदर समायोजन गरेका छन्। बैंकहरुले प्रकाशित गरेको नयाँ महिनाको ब्याजदर तालिका अनुसार यो महिना लागि केही बैंकले ब्याजदर बढाएका छन्।
बिज्ञापन
केही बैंकले स्थिर राख्दा केही बैंकको ब्याजदर घटाएका छन्। खासगरी यो महिनामा बचत खाताको ब्याजदर अधिकांश बैंकको स्थिर रहेको छ। एभरेष्ट बैंकले ०.०५ प्रतिशत विन्दुले बढाउनु र ०.०१ प्रतिशत विन्दुले घटाउनुबाहेक अन्य बैंकहरुको ब्याजदर स्थिर छ। यो खातामा सबैभन्दा कम ३ प्रतिशत र सबैभन्दा धेरै ३.१० प्रतिशत ब्याजदर तोकिएको छ।
बिज्ञापन
त्यस्तै, व्यक्तिगत मुद्दती खाताका लागि भने ८ बैंकको ब्याजदर समायोजन भएको छ। त्यसमध्ये ५ वटा बैंकले ब्याजदर बढाएका छन् भने ३ वटा बैंकको ब्याजदर घटेको छ। ब्याजदर बढाएका बैंकमध्ये कुमारी बैंकले ०.१० प्रतिशत विन्दु, एनएमबि बैंक, एनआईशी एशिया बैंक, हिमालयन बैंक र नबिल बैंकले समान ०.२५ प्रतिशत विन्दुले व्याजदर बढाएका छन्। त्यस्तै, माछापुच्छ्रे बैंकले ०.५०, सानिमा बैंकले ०.३० र नेपाल बैंकले ०.२० प्रतिशत विन्दुले ब्याजदर घटाएका छन्।
संस्थागत मुद्दती निक्षेपतर्फ सात बैंकको ब्याजदर परिवर्तन भएको छ। त्यसमध्ये चार बैंकले ब्याजदर बढाएका छन् भने तीनवटाले घटाएका छन्। राष्ट्रिय वाणिज्य बैंक, एनएमबि बैंक र एनआईशी एशिया बैंकले ०.२५ र कुमारी बैंकले ०.२६ प्रतिशत विन्दुले ब्याजदर बढाएका छन्। त्यस्तै, हिमालयन बैंकले ०.२५, लक्ष्मी सनराइज बैंकको ०.५० र सिटिजन्स बैंकले ०.६५ प्रतिशत विन्दुले ब्याजदर घटाएका छन्।
बिज्ञापन








