प्रतिनिधि सभाको बैठक चलिरहँदा कुर्सी भाँचिदा सत्तारूढ नेकपा (एमाले)की सांसद लडेकी छन्। सांसद उर्मिला थेबे बसेको कुर्सी भाँचिदाँ प्रतिनिधि सभाको बैठकसमेत केहीबेर प्रभावित समेत भएको थियो।
बिज्ञापन
बैठकको विशेष समयमा कांग्रेस सांसद गगन थापा बोलिरहेका बेला कुर्सी भाँचिएको हो। सांसद लडेपछि सभामुख देवराज घिमिरेले चासो देखाएका थिए। त्यस्तै बोलिरहेका सांसद गगन थापा पनि रोकिएर पछाडी फर्किएका थिए।
बिज्ञापन
लडेकी सांसदलाई अन्य सांसदहरुले बैठक कक्षबाट बाहिर निकालेका थिए। ‘उहाँलाई कुनै चोटपटक छैन’, नेकपा एमालेकी सचेतक सुनिता बरालले भनिन्, ‘उहाँ ठिक हुनुहुन्छ।’








