होमपेज > आज काठमाडौंमा ११ सयभन्दा बढी प्रहरी परिचालन

आज काठमाडौंमा ११ सयभन्दा बढी प्रहरी परिचालन

बिज्ञापन
बिज्ञापन

आइतबार काठमाडौंको सुरक्षा व्यवस्था चुस्त बनाइएको छ।

बिज्ञापन

पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं फर्किने र उनको स्वागतमा राप्रपालगायत राजावादीहरुले काठमाडौंमा प्रदर्शन गर्ने तयारीपछि काठमाडौंमा सुरक्षाकर्मीलाई ‘हाइ अलर्ट’ मा राखिएको छ। काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी शेखर खनालले अरू सामान्य अवस्थाभन्दा बढी संख्यामा नेपाल प्रहरीका कर्मचारी खटाइएको जानकारी दिए।

बिज्ञापन

काठमाडौं परिसरसँगै उपत्यका प्रहरी कार्यालय र प्रहरी प्रधान कार्यालयबाट पनि प्रहरी कर्मचारी खटाइएको उनले बताए। ‘प्रहरी कर्मचारीमात्रै ११३४ जना खटाइएको छ, प्रदर्शनका अवाञ्छित गतिविधि नहोस् भन्नका लागि अरू दिनभन्दा बढी कर्मचारी खटाइएको छ,’ उनले भने।

साथै आवश्यकता अनुसार वाटर क्यानन, प्रहरीको गाडी, एम्बुलेन्स परिचालन गरिएको एसएसपी खनालले जानकारी दिए। ब प्रहरीसँगै आइतबार सशस्त्र प्रहरी, अनुसन्धान विभागका कर्मचारीहरू पनि खटिएका छन्। काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले आइतबारका लागि आवश्यकताअनुसार सुरक्षा व्यवस्था मिलाइएको जानकारी दिए।

बिज्ञापन

‘विशेषगरी रूटमा सुरक्षा व्यवस्था चुस्त पारिएको छ। सँगै भिडभाड, हुलहुज्जत हुनसक्ने स्थानहरूमा सोही अनुसार व्यवस्था गरिएको छ,’ उनले भने। सुरक्षामा सबै उपायहरू अबलम्बन गरेर आइतबार काठमाडौंमा हुने प्रदर्शनलाई शान्तिपूर्ण बनाइने उनले बताए।

ज्ञानेन्द्र शाहलाई विमानस्थलमा स्वागत गर्नका लागि काठमाडौंका विभिन्न स्थानबाट र्‍याली निकालिँदै छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते