नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांक अुनसार यो साता सुन–चाँदीको मूल्य घटबढ भइरहेको देखिन्छ। यो साता छापावाल सुन प्रतितोला २ हजार १ सय रूपैयाँ बढेको छ।
बिज्ञापन
आइतबार छापावाल सुन प्रतितोला एक लाख ६८ हजार १ सय रूपैयाँमा कारोबार भइरहेकोमा सोमबार सुनको स्थिर रहेर एक लाख ६८ हजार १ सय रूपैयाँमा कारोबार भएको थियो। मंगलबार आउँदा १४ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ६९ हजार ५ सय रूपैयाँ पुग्यो।
बिज्ञापन
बुधबार मंगलबारको तुलनामा प्रतितोला नौ सय रुपैयाँले बढेर १ लाख ७० हजार ४ सय रूपैयाँमा कारोबार भयो। बिहीबार ३ सय रुपैयाँले बढेर एक लाख ७० हजार ७ सय रूपैयाँमा कारोबार भयो। निरन्तर उकालो लागेको सुनको मूल्य साताको अन्तिम दिन शुक्रबार प्रतितोला पाँच सय रुपैयाँ घटेर १ लाख ७० हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ।
त्यस्तै, चाँदी पनि यो साता प्रतितोला ७५ रूपैयाँले बढेको महासंघको तथ्यांकले देखाएको छ।








