होमपेज > ड्युटीमा खटिएका प्रहरीले मोबाइल चलाउन नपाउने

ड्युटीमा खटिएका प्रहरीले मोबाइल चलाउन नपाउने

बिज्ञापन
बिज्ञापन

सप्तरी जिल्लामा ड्युटीमा खटिएका बेला प्रहरी कर्मचारीले मोबाइल चलाउन नपाउने भएका छन् ।

बिज्ञापन

जिल्ला प्रहरी कार्यालयले ड्युटीमा खटिएका बखत कमान्डरबाहेक अन्य प्रहरीले मोबाइल चलाउन नपाइने प्रावधान लागू गरेको छ । खटिएका बेला कमान्डरले पनि अत्यावश्यक परेको खण्डमा मात्र ड्युटीकै कामका लागि भने मोबाइल प्रयोग गर्न पाउनेछन् । ड्युटीमा खटिएका बेला प्रहरीले मोबाइल चलाउदा सुरक्षा निगरानी प्रभावकारी हुन नसकेको, मोबाइलतर्फ ध्यान हुँदा प्रहरी आफै पनि असुरक्षित हुन सक्ने भएकाले मोबाइल प्रयोगमा रोक लगाएको सप्तरीका एसपी ढकेन्द्र खतिवडाले जानकारी दिए ।

बिज्ञापन

यो प्रावधानलाई जिल्ला प्रहरी कार्यालय सप्तरीले कडाइका साथ कार्यान्वयन गरेको छ । दिउँसो, राति जिल्ला प्रहरीले छुट्टै टोली पठाएर पनि खटिएका प्रहरीसँग मोबाइल छ-छैन भनेर चेक गर्ने गरेको छ । ड्युटीमा रहेका प्रहरीहरु मोबाइलमा लामो समय गफिदै बस्ने,फेसबुक, टिकटक लगायत सामाजिक सञ्जालमा व्यस्त रहने गुनासोपछि प्रहरी ड्युटीका बेला मोबाइल प्रयोगमा रोक लगाइएको हो ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते