समाजसेवाको क्षेत्रमा सक्रिय रहँदै आएकी इलाम नगरपालिका–७ निवासी उर्मिला लामाको ७० वर्षको उमेरमा निधन भएको छ।
बिज्ञापन
केही समययता क्यान्सर रोगबाट ग्रस्त उनी उपचारका क्रममा थिइन्। उपचारकै क्रममा लामाको लतिलपुरस्थित नेपाल क्यान्सर अस्पतालमा आज मंगलबार निधन भएको पारिवारिक स्रोतले जनाएको छ। महिला हक, हितका लागि सक्रिय अग्रणी संस्था महिला जागरण संघ इलामको संस्थापक अध्यक्ष रहेकी लामा सामाजिक कामहरुमा सक्रिय रहने गर्थिन्। फुटबलमा पनि उनको योगदान छ।
बिज्ञापन
पछिल्लो समय उनी धापाखेलस्थित भिसिल होम्समा बस्दै आएकी थिइन्। उनका पति, र दुई छोरा छन्। लामाको भोलि बुधबार अन्तिम संस्कार गरिने भएको छ। यसैबीच, उनको निधनमा विभिन्न संस्था र व्यक्तित्वहरुले दुःख व्यक्त गरेका छन्। सक्रिय समाजसेवीको निधनले स्तब्ध भएको भन्दै कांग्रेस नेता हिमालय कर्माचार्यले दिवंगत लामाप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।








