हाल काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा वर्षा भइरहेको छ ।
बिज्ञापन
सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमती प्रदेशका थोरै स्थानमा मेघ गर्जनरचट्याङसहित हल्का वर्षा भैरहेको मौसम विज्ञान विभागले जनाएको छ । तराईं-मधेशबाहेक अरू प्रदेशमा आज दिउँसो पनि हल्का पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत देशका बाँकी पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना छ। आज बेलुका आंशिक रूपमा र भोलिदेखि भने मौसम पूर्णरूपमा सफा हुने महाशाखाले जनाएको छ ।
बिज्ञापन
उच्च पहाडी क्षेत्रमा हिमपात भइरहेको छ । हिमाली क्षेत्रमा हिमपात भएपछि किसान खुसी भएका छन् । ढिलोगरी हिमपात भएपछि हिउँदे बाली लगाएर आकाशे पानीको पर्खाइमा रहेका किसान खुसी भएका हुन् । गएको असोजदेखि पानी नपर्दा हिउँदे बाली सुक्दै गएका थिए । लामो समयपछि हिमपात भएपछि सुक्दै गएका हिउँदे बालीनालीलाई सहज भएको किसान बताउँछन् । हाल देशमा पश्चिमी न्युन चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।








