होमपेज > बम विस्फोट हुँदा ५ जनाको मृत्यु, २० घाइते

बम विस्फोट हुँदा ५ जनाको मृत्यु, २० घाइते

बिज्ञापन
बिज्ञापन

पाकिस्तानको एक मदरसामा विस्फोट हुँदा कम्तीमा पाँचजनाको मृत्यु भएको छ । २० भन्दा बढी घाइते भएका छन् ।

बिज्ञापन

उत्तरपश्चिम पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा रहेको तालिबान समर्थक धार्मिक विद्यालय भित्र रहेको दारुल उलुम हक्कानिया मदरसामा विस्फोट भएको हो । शुक्रबार प्रार्थनाको दिन भएकाले मदरसामा धेरेजना जम्मा भएका थिए । पाकिस्तानी सञ्चारसंस्थाहरूले जनाएअनुसार घाइतेहरूलाई सुरक्षाकर्मीले उद्धार गरेर उपचारका लागि अस्पताल पठाएका छन् । घाइतेमा केही बालबालिका पनि छन् ।

बिज्ञापन

मदरसामा बसेर अध्ययन गर्ने बालबालिका र प्रार्थनाका लागि पुगेकाहरूलाई लक्षित गरेर विस्फोट गराइएको सञ्चारमाध्यमहरूले जनाएका छन् । विस्फोटको जिम्मा अहिलेसम्म कसैले लिएको छैन । पाकिस्तानमा आईसीसी च्याम्पियन्स ट्रफी चलिरहेको छ । विस्फोटको घटनापछि पाकिस्तानमा पुनः खेलाडीको सुरक्षालाई लिएर चिन्ता व्यक्त हुन थालेको छ ।

एसोसिएटेड प्रेसका अनुसार अफगान तालिबानसँगको सम्बन्धका लागि चिनिने हक्कनियामा भएको आक्रमणको कुनै पनि समूहले तत्काल जिम्मेवारी लिएको छैन । बम विस्फोट मुस्लिम पवित्र महिना रमजानको अगाडि भएको छ, जुन चन्द्रमा देखिएपछि शनिबार वा आइतबार सुरु हुने अपेक्षा गरिएको छ । सो मदरसामा करिब चार हजार विद्यार्थी अध्ययन गर्ने गर्छन् । त्यहाँ सबैलाई निःशुल्क खाना र बास र शिक्षाको सुविधा दिइएको छ ।

बिज्ञापन

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते