होमपेज > चलचित्र ‘लाज शरणम्’को अग्रिम बुकिङ खुला

चलचित्र ‘लाज शरणम्’को अग्रिम बुकिङ खुला

बिज्ञापन
बिज्ञापन

चलचित्र ‘लाज शरणम्’को अग्रिम बुकिङ खुला भएको छ । महाशिवरात्रिको अवसर पारेर बुधबारबाट रिलिज हुने चलचित्रको सोमबार बुकिङ खुला भएको हो । यो चलचित्रले देशभरका मल्टिप्लेक्समा उत्साहजनक शो पाएको छ ।

बिज्ञापन

देशकै ठूलो मल्टिप्लेक्स क्यूएफएक्स चेनमा ६५ शो पाएको छ । क्यूएफएक्सका काठमाडौं उपत्यकाका आउटलेटमा २९ र काठमाडौं उपत्यका बाहिर ३६ शो पाएको छ । विग मुभिजले ५, एफक्यूब सिनेमाजले ४, बीएसआरले ४ शो दिएका छन् । आईएनआई र वान सिनेमाजले शो बाँडफाँट गर्न बाँकी छ । हालसम्म शो खुलेका हलमा ‘लाज शरणम्’ले १०१ शो पाएको खल्ती एपबाट देखिएको छ ।

बिज्ञापन

‘लाज शरणम्’ वर्षकै प्रतिक्षितमध्येको एक सिनेमा हो । लोकप्रिय हास्य टेलिश्रृंखला ‘सक्किगोनि’को टिमले निर्माण गरेको चलचित्र ‘लाज शरणम्’मा मुख्य भूमिकामा सिताराम कट्टेल (धुर्मुस) छन् । चलचित्रलाई कुमार कट्टेलले निर्देशन गरेका छन् ।

विजय बराल, अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, प्रियाना आचार्य, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बूलगायत कलाकारको अभिनय रहेको छ । जेपिटी क्रियसनको ब्यानरमा बनेको सिनेमाका निर्माता नवीन श्रेष्ठ हुन् भने राम नरेश शाह र सिर्जना खड्का सह–निर्माताका रूपमा रहेका छन् ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते