होमपेज > रौतहट ट्राफिक प्रहरीद्धारा एक महिनामा १३ लाखबढी राजश्व संकलन

रौतहट ट्राफिक प्रहरीद्धारा एक महिनामा १३ लाखबढी राजश्व संकलन

बिज्ञापन
बिज्ञापन

रौतहट ट्राफिक प्रहरीले एक महिनाको अवधिमा १३ लाख रुपैयाँभन्दा बढी राजश्व संकलन गरेको छ।

बिज्ञापन

माघ १ गतेदेखि माघ मसान्तसम्म ट्राफिक नियम उल्लंघन गरेका सवारी चालकलाई कारबाही गरि राजस्व संकलन गरेको हो। यस अवधिमा १३ सय ५५ सवारी चालकलाई कारबाही गरिएको छ। १३ लाख ३ हजार रुपैयाँ राजस्व संकलन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी निरिक्षक लोकेन्द्र अधिकारीले जानकारी दिए। उनका अनुसार पछिल्लो समयमा सवारी चेकजाँचमा कडाई गरिएका कारण राजस्व संकलनमा वृद्धि भएको हो।

बिज्ञापन

पूर्वपश्चिम राजमार्ग र चन्द्रनिगाहपुर गौर सडक खण्डमा प्रायः सवारी चेकजाँच गर्ने गरेको उनले बताए। सवारी जाँचका क्रममा चालकले मदिरा सेवन (मा.प.से) गरी गाडी चलाएको , ओभर लोड गरेको , सिट बेल्ट वा हेल्मेट नलगाएको , सवारीका कागजपत्र साथमा नबोकेको , सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नभएको, रुट परिमिट नलिएको, बत्ति बिग्रिएको जस्ता सवारीलाइ कारवाही गरिएको उनको भनाइ छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले सवारी दुर्घटना न्यूनीकरणका लागि सचेतनामूलक अभियान पनि सञ्चालन गर्दै आएको छ। आर्थिक वर्ष २०८१/८२ को पुष मसान्तसम्म ३ सय ८५ वटा सवारी दुर्घटनामा ३१ जनाले ज्यान गुमाए भने ६१० जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटको तथ्याङमा उल्लेख छ।

बिज्ञापन

ट्राफिक प्रहरीले जिल्लाका विभिन्न पालिका अन्तर्गतका विद्यालयमा दुर्घटना न्यूनीकरण सम्बन्धी जनचेतनामुलक कार्यक्रम समेत गर्दै आएको छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते