होमपेज > सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको बोनसदर सार्वजनिक

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको बोनसदर सार्वजनिक

बिज्ञापन
बिज्ञापन

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको बीमाङ्कीय मूल्याङ्कनको आधारमा बीमितहरूलाई प्रदान गर्ने बोनसदर सार्वजनिक गरेको छ। सार्वजनिक बोनसदर अनुसार बीमितले न्यूनतम १९ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म प्रतिहजारका दरले बोनस पाउनेछन्।

बिज्ञापन

कम्पनीले सावधिक जीवन बीमा योजना (रेगुलर) बीमा योजनामा बीमा अवधिअनुसार न्यूनतम ३५ रुपैयाँदेखि ७० रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ भने एकलतर्फ ३५ रुपैयाँदेखि ६५ रुपैयाँसम्म बोनस दिने भएको छ। कम्पनीले त्रिपल सावधिक बीमामा बीमितलाई न्यूनतम २० रुपैयाँदेखि अधिकतम ३० रुपैयाँसम्म बोनस दिने भएको छ। यता दम्पति सावधिक बीमा योजनामा पनि न्यूनतम २० रुपैयाँदेखि अधिकतम ३० रुपैयाँ बोनसदर तोकेको छ।

बिज्ञापन

त्यसैगरी कम्पनीले सावधिक तथा आजीवन बीमा योजनामा न्यूनतम ३५ रुपैयाँदेखि अधितम ७० रुपैयाँसम्म बोनस दिने भएको छ। अग्रिम भुक्तानी योजनामा बीमितले ३२ रुपैयाँदेखि ४२ रुपैयाँसम्म बोनस पाउने भएका छन्। कम्पनीले तोकेको बोनसदर अनुसार बीमितले वार्षिक अग्रिम भुक्तानी योजनामा न्यूनतम १९ रुपैयाँ र अधिकतम २१ रुपैयाँ रहेको छ भने मुद्दति सुरक्षण बीमा योजना–नियमित शुल्कका सम्पूर्ण बीमा अवधिमा समान २४ रुपैयाँ र एकल शुल्कका सम्पुर्ण बीमा अवधिमा समान ५४ रुपैयाँ बोनसदर पाउने भएका छन्।

त्यस्तै १५ वर्षे अग्रिम भुक्तानी योजनाका सबै बीमा अवधिमा ४१ रुपैयाँ, २० वर्षे अग्रिम भुक्तानी योजनामा ४५ रुपैयाँ, रुपान्तरित वार्षिक अग्रिम भुक्तानी योजनामा ३० रुपैयाँ र सामूहिक सावधिक बीमा योजनामा १९ रुपैयाँ प्रतिहजारका दरले बोनसदर तोकिएको छ। कम्पनीले सावधिक तथा आजीवन बीमा योजनामा बीमालेख अवधिअनुसार न्यूनतम ३० रुपैयाँदेखि अधिकतम ६० रुपैयाँसम्म र सावधिक बीमा योजनामा न्यूनतम ३० रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनसदर कायम गरेको छ।

बिज्ञापन

त्यस्तै सीमित भुक्तानी सावधिक बीमा योजनामा न्यूनतम ४० रुपैयाँदेखि अधिकतम ६५ रुपैयाँसम्म बोनसदर तोकिएको छ भने बाल सावधिक बीमा योजनामा बीमालेख अवधि अनुसार न्यूनतम १९ रुपैयाँदेखि अधिकतम ३४ रुपैयाँसम्म बोनसदर निर्धारण गरिएको छ। कम्पनीले यी बोनसदर मृत्यु दाबी, समर्पण दाबी, चुक्ता मूल्य दाबी, अवधि भुक्तानी दाबी र चालू बीमलेखहरू लागू हुने बताएको छ। साथै अर्को बीमाङ्कीय मूल्याङक्न अनुसार नेपाल बीमा प्राधिकरणबाट अर्को व्यवस्था गर्न स्वीकृत नभएसम्म यही बोनसदर लागू हुने स्पष्ट पारेको छ।

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते