होमपेज > सगरमाथा क्षेत्रमा हेलिकप्टर उडानमा देखिएको समस्या अझै भएन समाधान

सगरमाथा क्षेत्रमा हेलिकप्टर उडानमा देखिएको समस्या अझै भएन समाधान

बिज्ञापन
बिज्ञापन

सगरमाथा क्षेत्रमा नियमित हेलिकप्टर उडानमा देखिएको समस्या अझै समाधान हुन सकेको छैन। जनवरी १ तारिखदेखि बन्द रहेको हेलिकोप्टर उडान डेढ महिना बितिसक्दा पनि नियमित हुन नसकेको हो।

बिज्ञापन

खुम्बु पासाङ ल्हामु गाउँपालिका, स्थानीय युवा समूह लगायत अन्य सङ्घ संस्था तथा सगरमाथा राष्ट्रिय निकुञ्जले जनवरी १ तारिखदेखि उक्त क्षेत्रमा हेलिकप्टर उडानमा प्रतिबन्ध लगाएको थियो । त्यसपछि हेलिकप्टर कम्पनीहरूले आकस्मिक उडान समेत रोक लगाएका थिए।

बिज्ञापन

माघ ११ गते बसेको बैठकमा सेवा प्रदायकले आकस्मिक सेवाको अवरोध खुलाउने र नियमित उडानका लागि वार्ता गर्ने गरी सहमति भए पनि पटक पटक बैठक बस्दा समेत सम्बन्धित पक्ष अवरोध खुलाउन तयार नदेखिएका हुन्। अहिले सगरमाथा राष्ट्रिय निकुञ्ज भने हेलिकप्टर चल्न नदिने निर्णयबाट पछि हटिसकेको छ।

करिब डेढ महिनादेखि उडान खुल्न नसकेपछि पर्यटन क्षेत्रसम्वद्ध सात संस्थाले उक्त क्षेत्रमा देखिएका समस्या कानुन वपिरित रहेको, तत्काल समस्या निराकरणका लागि वार्ता तथा संवादद्वारा समस्या समाधान गर्न दबाब दिएका छन्। गत सोमबार सङ्घको आयोजनामा बसेको बैठकमा नेपाल पर्यटन बोर्ड, नेपाल पर्वतारोहण सङ्घ, पर्वतारोहण सञ्चालक सङ्घ नेपाल, नाटा, टान, होटल सङ्घ नेपाल, नेपाल उद्योग परिसंघको प्रतिनिधित्व रहेको थियो।

बिज्ञापन

यसरी अवरोध र प्रतिबन्ध कायम नै रहेको खण्डमा अन्तर्राष्ट्रिय जगतमा नकारात्मक सन्देश प्रवाह हुनुका साथै पर्यटन उद्योग नै धराशायी हुनुका साथ साथै हेलिकप्टर कम्पनीलाई ठुलो आर्थिक भार पर्न गई व्यवसाय नै बन्द गर्नुपर्ने अवस्था सृजना हुने र हेलिकप्टर कम्पनीमा कार्यरत कर्मचारीको रोजगारी गुम्ने विज्ञप्तिमा उल्लेख गरिएको छ।

हाल उक्त क्षेत्रमा देखिएका समस्या समाधानका लागि वायुसेवा सञ्चालक सङ्घ, नेपाल तथा सदस्य कम्पनीलाई साथ दिई एकताबद्ध भई अघि बढ्ने निर्णयसमेत गरेको छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते