होमपेज > शेयर बजार २६८५ अंकमा, ८ अर्ब ७१ करोडको कारोबार

शेयर बजार २६८५ अंकमा, ८ अर्ब ७१ करोडको कारोबार

बिज्ञापन
बिज्ञापन

बुधबार नेप्से परिसूचक स्थिर रहेको छ।

बिज्ञापन

मंगलबार ६.५४ अंकले बढेर २६८३.८६ विन्दुमा बन्द भएको नेप्से बुधबार २६८५.७३ विन्दुमा बन्द भएको छ। यसदिन कारोबार रकम भने अघिल्लो दिनको तुलनामा केही बढेको छ। गत कारोबार दिन अर्थात मंगलबार सात अर्ब २० करोडको कारोबार भएकोमा बुधबार आठ अर्ब ७१ करोडको शेयर कारोबार भएको छ।

बिज्ञापन

अघिल्लो दिनको तुलनामा कारोबार रकममा १ अर्ब ५१ करोड रूपैयाँ वृद्धि भएको हो। आज ३०७ वटा धितोपत्रको एक करोड ५५ लाख २० हजार ५५९ कित्ता शेयर किनबेच भएको हो। बुधबार १३४ कम्पनीको शेयर मूल्य बढेको छ भने ९९ वटाको घटेको छ। यस्तै ११ कम्पनीको मूल्य स्थिर रहेको छ।

यसदिन गार्डियन माइक्रो इन्स्योरेन्सको शेयर मूल्य सर्वाधिक ९.९९ प्रतिशतले बढेको छ। उक्त कम्पनीहरूको प्रतिकित्ता मूल्य क्रमशः एक हजार ४४० रूपैयाँ ६० पैसा पुगेको छ। यस्तै, रिभर फल्स पावरको सेयर मूल्य ८.०२ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ९०२ रूपैयाँ कायम भएको छ। बुधबार उपकार लघुवित्त र सुपर मादी हाइड्रोपावरको मूल्य सर्वाधिक १० प्रतिशतका दरले घटेको छ।

बिज्ञापन

उक्त कम्पनीहरूको प्रतिकित्ता मूल्य क्रमशः चार हजार ६८० रूपैयाँ र एक हजार ११७ रूपैयाँ २० पैसामा झरेको छ। बुधबार एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक कारोबार भएको छ। कम्पनीको प्रतिकित्ता मूल्य एक हजार ४१९ रूपैयाँमा ३९ करोड ६० लाख रूपैयाँको शेयर कारोबार भएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ५.११ प्रतिशत बढेको हो।

सर्वाधिक शेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा सिइडिबी होल्डिङ्स रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता दुई हजार २३० रूपैयाँमा ३७ करोड ६७ लाख बराबरको सेयर कारोबार भएको छ। आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये चार समूहको बढेको छ भने बाँकी नौ समूहको परिसूचक घटेको हो।

यसदिन वित्त समूहको परिसूचक सर्वाधिक १.५६ प्रतिशतले बढेको छ। यस्तै, विकास बैंक समूहको परिसूचक १.३३ प्रतिशतले बढेको छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते