अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजाका प्यालेस्टिनीहरूलाई राख्न अस्वीकार गर्ने देशहरूलाई सहयोग बन्द गर्ने चेतावनी दिएका छन्।
बिज्ञापन
यसअघि ट्रम्पले प्यालेस्टिनीहरूलाई इजिप्ट र जोर्डनमा स्थायी रूपमा बसोवास गर्न दिनुपर्ने बताएका थिए। तर, जोर्डन लगायत त्यस क्षेत्रका अन्य देशहरूले ट्रम्पको सुझावमा आपत्ति जनाएपछि ट्रम्पले प्यालेस्टिनीहरूबारे आफ्नो प्रस्ताव स्वीकार नगर्नेलाई अमेरिकाले गर्दै आएको सहयोग र सहायता रोक्ने बताएका हुन्।
बिज्ञापन
राष्ट्रपति ट्रम्पले प्यालेस्टिनीहरूलाई अरू सुरक्षित ठाउँमा स्थानान्तरण गरी गाजापट्टीमा अमेरिकी नियन्त्रणसँगै पुनर्निर्माणको काम गर्ने प्रस्ताव गर्दै आएका छन्। यसैबीच जोर्डनका राजा अब्दुल्लाह द्वितीय वाशिङ्टन डीसी पुगेका छन्। उनले ह्वाइट हाउसमा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्ने कार्यक्रम छ।
बीबीसीका अनुसार यसबारे ट्रम्पले राजा अब्दुल्लाहलाई प्यालेस्टिनीहरूको स्थायी बसोवासका लागि व्यवस्था मिलाउन मनाउने तयारी गरेका छन्। उनले जोर्डनलगायत अन्य देशहरू अमेरिकाको प्रस्तावमा सहमत हुनेमा आफू विश्वस्त रहेको बताएको बीबीसीले जनाएको छ।
बिज्ञापन








