छिमेक लघुवित्त वित्तीय संस्थाले आफ्ना लगानीकर्तालाई १५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको २९६औँ बैठकले गरेको प्रस्तावअनुसार आर्थिक वर्ष २०७९/८० को नाफाबाट १५ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको हो ।
बिज्ञापन
असार मसान्तसम्मको अवधिमा छिमेक लघुवित्तको चुक्ता पुँजी २ अर्ब ८३ करोड ५४ लाख रुपैयाँ रहेको छ । यो चुक्ता पुँजीको १५ प्रतिशत लाभांश वितरणको प्रस्ताव सञ्चालक समितिले गरेको हो । कम्पनीले ५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
बिज्ञापन
यसअनुसार १४ करोड १७ लाख रुपैयाँ बराबरको बोनस सेयर र २८ करोड ३५ लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण हुनेछ । सञ्चालक समितिको बैठकले गरेको प्रस्ताव नेपाल राष्ट्र बैङ्कबाट स्वीकृत हुनुपर्ने छ । यस्तै, कम्पनीको आगामी वार्षिक साधारण सभाबाट समेत पारित हुनुपर्ने छ ।








