होमपेज > भक्तपुरबाट चितवन तर्फ जाँदै गरेको बस धादिङमा दुर्घटना: एकको मृत्यु, २३ घाइते

भक्तपुरबाट चितवन तर्फ जाँदै गरेको बस धादिङमा दुर्घटना: एकको मृत्यु, २३ घाइते

बिज्ञापन
बिज्ञापन

भक्तपुरबाट चितवनको देवघाटतर्फ जाँदै गरेका तीर्थयात्री सवार गाडी धादिङमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

बिज्ञापन

२३ जना घाइते छन्। गए राति (माघ २७) करिब १० बजेर ५ मिनेटमा धादिङको थाक्रे गाउँपालिका–७, सातकिल्ला भन्ने स्थानमा बा३ख ८९२३ नम्बरको बस दुर्घटना भएको हो । बस अनियन्त्रित भई सडकछेउमा पल्टिएको जिल्ला प्रहरी कार्यालयले धादिङले जनाएको छ।

बिज्ञापन

दुर्घटनामा परी दोलखाको भीरकोटकी ५० वर्षीया पार्वती काफ्लेले मृत्यु भएको छ। काठमाडौंस्थित नेपाल प्रहरी अस्पतालमा उपचारका क्रममा सोमबार (माघ २८) बिहान १ बजेर ५ मिनेटमा उनको मृत्यु भएको धादिङका डीएसपी सुवास हमालले जानकारी दिए।

घाइतेको उपचार जारी छ। प्रहरी अस्पतालमा नौ, राष्ट्रिय ट्रमा सेन्टरमा आठ, काठमाडौंकै बाँसबारीस्थित न्युरो अस्पतालमा पाँच र धादिङको साइबाबा अस्पतालमा एक घाइतेको उपचार भइरहेको उनले बताए।

बिज्ञापन

उनका अनुसार, अधिकांश घाइते पनि दोलखाकै छन्। “रिजर्भ गाडी दुर्घटना भएको हुन सक्ने अनुमान छ,” डीएसपी हमालले  भने, “अरू घाइते रिकभर (ठिक) हुन सक्ने अवस्थाको देखिन्छ।”

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते