नेकपा माओवादी केन्द्रले तीन जना प्रदेशस्तरीय नेतालाई पदमुक्त गरेको छ। गण्डकी प्रदेशमा कार्यरत गुप्त हमाल र दलमायाँ रोका निष्क्रिय रहेको भन्दै पार्टीले पदमुक्त गरेको हो।
बिज्ञापन
यसैगरी अर्का नेता केशव कुँवर बैदेशिक रोजगारीमा गएसँगै उनलाई पनि पदमुक्त गरिएको माओवादीले मातहतका कमिटीमा पठाएको सर्कुलरमा उल्लेख छ। यसैगरी गण्डकी प्रदेशअन्तर्गतकै रेशमबहादुर जुग्जाली मगर (म्याग्दी), धनबहादुर बिक (बाग्लुङ) र मदन आले (तनहुँ)लाई वैकल्पिक केन्द्रीय सदस्यको रूपमा मनोनयन गरिएको छ।
बिज्ञापन
यसैगरी पार्टी एकता प्रक्रियाबाट माओवादीमा जोडिएका कृष्णराज न्यौपाने ‘लब्ली’ (चितवन), बद्री तिमिल्सिना (चितवन) र खगेन्द्र छन्त्याल (बाग्लुङ)लाई पनि वैकल्पिक केन्द्रीय सदस्यमा मनोनीत गरिएको छ। यस्तै वीरेन्द्र बस्नेत (झाप)लाई पनि वैकल्पिक केन्द्रीय सदस्यमा मनोनयन गरिएको छ।
यस्तै अरुण पीडित भण्डारी (चितवन)लाई केन्द्रीय आयोगमा जिम्मा दिने निर्णय गरिएको सर्कुलरमा उल्लेख छ। यसैगरी केन्द्रीय समिति सदस्य रामलाल बिक पेसामा रहेकाले उक्त रिक्त स्थानमा केन्द्रीय सल्लाहकार छिरिङ डण्डुल लामा (हुम्ला)लाई मनोनयन गरिएको छ। प्रवास कार्यालयमा कार्यरत टिबी पाठकलाई पार्टी केन्द्रीय सल्लाहकारमा मनोनयन गरिएको छ भने पश्चिम अन्तरमहादेशीय प्रवास प्रदेश कार्यालयको सिफारिसअनुसार प्रदेश समितिमा १७ जना र बेलायतमा पार्टी एकतामा जोडिएका क्षेत्रकला राई र नरहाङ राईलाई प्रवास प्रदेश समितिमा मनोनयन गरिएको माओवादीले जनाएको छ।
बिज्ञापन








