होमपेज > झोलुङ्गे पुलबाट भेरी नदीमा खसेर बेपत्ता भएका अर्का एक जनाको शव फेला (अपडेट)

झोलुङ्गे पुलबाट भेरी नदीमा खसेर बेपत्ता भएका अर्का एक जनाको शव फेला (अपडेट)

बिज्ञापन
बिज्ञापन

सुर्खेतको पञ्चपुरी नगरपालिका–१० स्थित भेरी नदीमा खसेर बेपत्ता भएका अर्का एक जनाको शव फेला परेको छ।

बिज्ञापन

आइतबार दिउँसो सशस्त्र प्रहरीको गोताखोरले पुर्वी रूकुम सिस्ने गाउँपालिका–२ स्थित प्वाङ बस्ने १८ वर्षीय अर्जुन झाक्री मगरको शव निकालेको सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

बिज्ञापन

झाक्री डुबेको स्थल भन्दा करिब दुई सय मिटर दक्षिणमा फेला परेका हुन्। यसअघि माघ २४ गते सोही ठाउँ बस्ने २४ वर्षीय अनिल घर्तीको शव सशस्त्र प्रहरीको गोताखोरले फेला पारेको थियो।

उनीहरू निमार्णाधीन झोलुंगे पुलको लठ्ठा तान्ने क्रममा माघ २३ गते दिउँसो सो नदीमा खसेर बेपत्ता भएका थिए। घटनाबारे जानकारी पाएपछि सशस्त्र प्रहरी बल, नेपाल नं. ३२ रक्तकाली गण सुर्खेतबाट ६ जना गोताखोर सहितको टोली खटिएको थियो।

बिज्ञापन

-यो पनि पढ्नुहोस्:

झोलुङ्गे पुल निर्माणका क्रममा खसेर भेरी नदीमा दुई युवक बेपत्ता

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते