सात इन्स्योरेन्स कम्पनीले हकप्रद शेयर दिने भएका छन्। जसमा चार वटा निर्जीवन बीमा छन् भने बाँकी तीन जीवन बीमा कम्पनी रहेका छन्।
बिज्ञापन
युनाइटेड अजोड, सानिमा जिआइसी, प्रभु र नेपाल इन्स्योरेन्स निर्जीवन बीमा र प्रभु महालक्ष्मी, सन नेपाल र एसियन लाइफ इन्स्योरेन्सले हकप्रद सेयर निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड पुगेका छन्। युनाइटेड अजोड इन्स्योरेन्सले १५ प्रतिशत हकप्रद शेयर बिक्री गर्न गत असोजमा बोर्डसँग अनुमति मागेको छ।
बिज्ञापन
कम्पनीले १:०.१५ अनुपातमा ३१ लाख ५० हजार कित्ता हकप्रद शेयर बिक्री गर्ने भएको छ। कम्पनीको शेयर रजिष्ट्रारमा लक्ष्मी सनराइज क्यापिटल छ। सानिमा जिआइसी इन्स्योरेन्सले २५ प्रतिशत हकप्रद शेयर बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ। कम्पनीले १०:२.५ को अनुपातमा ५० लाख कित्ता हकप्रद शेयर बिक्री गर्न बोर्डसँग अनुमति मागेको हो। यसर्थ, कम्पनीले प्रतिकित्ता १०० रूपैयाँको दरले ५० करोड रूपैयाँ बराबरको हकप्रद शेयर बिक्री गर्नेछ। कम्पनीको शेयर रजिष्ट्रारमा सिटिजन क्यापिटल रहेको छ।
प्रभु इन्स्योरेन्सले गत असारमा ५०.१५ प्रतिशत हकप्रद शेयर बिक्री गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ। कम्पनीले १:०.५०१५ अनुपातमा ८३ लाख ५० हजार १३५।४४ कित्ता हकप्रद शेयर बिक्री गर्नका लागि अनुमति मागेको हो। कम्पनीले प्रतिकित्ता १०० रूपैयाँको दरले ८३ करोड ५० लाख १३ हजार ५४४ रूपैयाँ बराबरको हकप्रद शेयर निष्कासन गर्नेछ।
बिज्ञापन
प्रभुको शेयर रजिष्ट्रारमा एनआइसी एसिया क्यापिटल क्यापिटल रहेको छ। यस्तै, नेपाल इन्स्योरेन्सले ४० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ। कम्पनीले १०:४ अनुपातमा ६५ लाख ७६ हजार ९३७ कित्ता हकप्रद शेयर बिक्री गर्नका लागि गत असारमा बोर्डसँग अनुमति मागेको हो। कम्पनीले प्रतिकित्ता १०० रूपैयाँको दरले ६५ करोड ७६ लाख ९३ हजार ७७६ रूपैयाँ बराबरको हकप्रद शेयर निष्कासन गर्नेछ।
कम्पनीको शेयर रजिष्ट्रारमा एनआइएबी एस क्यापिटल क्यापिटल रहेको छ। प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले ७ प्रतिशत हकप्रद शेयर निस्कासन गर्न बोर्डसँग अनुमति मागेको छ। कम्पनीको शेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल रहेको छ। सन नेपाल लाइफ इन्स्योरेन्सले २७ प्रतिशत हकप्रद शेयर बिक्री गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ।
कम्पनीले २७ प्रतिशत अर्थात् १:०.२७ अनुपातमा १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद शेयर बिक्री गर्नका लागि अनुमति मागेको हो। कम्पनीले प्रतिकित्ता १०० रूपैयाँको दरले १ अर्ब ६ करोड ९६ लाख ३२ हजार रुपैयाँ बराबरको हकप्रद शेयर गर्नेछ। कम्पनीको शेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ छ। यसैगरी, एसियन लाइफ इन्स्योरेन्सले ४२ प्रतिशत हकप्रद शेयर बिक्री गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ।
कम्पनीले १:०.४२ अनुपातमा १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता हकप्रद शेयर जारी गर्न गत जेठमा अनुमति मागेको हो। यस अनुसार प्रतिकित्ता १०० रूपैयाँको दरले १ अर्ब ४२ करोड ७९ लाख ३१ हजार २४८ रुपैयाँ बराबरको हकप्रद शेयर जारी हुनेछ। यस कम्पनीको बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटले गर्नेछ।








