भरुवा बन्दुकसहित एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा मकालु गाउँपालिका-५ नुम घर भएका ३० वर्षीय हेमराज बिक रहेका छन्।
बिज्ञापन
मकालु गाउँपालिका-५ खोत्ताकबाट भरुवा बन्दुक १ थान तथा बन्दुकमा प्रयोग हुने विभिन्न सरसामानसहित उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
बिज्ञापन
प्रहरी चौकी नुम र इलाका प्रहरी कार्यालय हेदाङ्नाबाट खटिएको प्रहरीले उनी बस्ने घर तलासी गरेर भरुवा बन्दुक, बन्दुकमा प्रयोग हुने नाल २ थान, बट १ थान, सोडा जस्तो देखिने पदार्थ २ किलोग्राम, केप २४ पिस, फलामको टुक्रा १ थान, सिसाको छर्रा २५ पिस, बारुद करिब १ सय ग्राम सामान बरामद गरेको छ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।








