होमपेज > नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतविरुद्ध ८ करोड बढिको भ्रष्टाचार मुद्दा दायर

नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतविरुद्ध ८ करोड बढिको भ्रष्टाचार मुद्दा दायर

बिज्ञापन
बिज्ञापन

नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बस्नेतविरुद्ध भ्रष्टाचार आरोपमा आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।

बिज्ञापन

मेयर बस्नेतविरुद्ध पदीय मर्यादा विपरीतका कार्यहरू गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने उजुरी परेको थियो। सोही उजुरीका आधारमा अनुसन्धान हुँदा मेयर बस्नेतले ८ करोड बढी रकम भ्रष्टाचार गरेको पाइएपछि मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता नविन घिमिरेले जानकारी दिएका छन्।

बिज्ञापन

आयोगका अनुसार नगर प्रमुख पदमा निर्वाचित हुनुपूर्व बस्नेको १९ करोड ५५ लाख ७४ हजार ८६२ रुपैयाँ आय आर्जन गरेकोमा जाँच अवधिमा बस्नेतले विभिन्न शीर्षकमा गरेको खर्च रकम र विभिन्न बैंक तथा वित्तीय संस्थामा मौज्दात रहेकोसमेत गरी २८ करोड ६५ लाख ६१ हजार ९६७ रुपैयाँ खर्च तथा लगानी गरेको देखिएको छ।

कूल आयभन्दा व्यय अधिक हुँदा निज बस्नेतले ८ करोड ६९ लाख ८७ हजार १०५ रुपैयाँ बराबरको सम्पत्ती खर्च तथा लगानीको स्रोत पुष्टि गर्न नसकेकाले सोही रकम बराबरको बिगो जरिवानाको सजाय माग गरिएको अख्तियारको आरोप -पत्रमा उल्लेख छ।

बिज्ञापन

यसैगरी मेयर बस्नेतले सार्वजनिक सेवाको पदमा रहँदा बखत गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको स्रोत नखुल्ने सम्पत्तिहरूबाट उनको श्रीमती उर्मिला बस्नेतको नाममा रहेको नगद मौज्दात रकम,खरिद गरिएका घरजग्गासमेत जफत गर्न माग दावी गरेको अख्तियारले जनाएको छ।

मुद्दामा बस्नेतकी श्रीमती उर्मिलालाई प्रतिवादी कायम गरिएको छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते