होमपेज > साताभर ६७.१७ अंकले घट्यो शेयर बजार

साताभर ६७.१७ अंकले घट्यो शेयर बजार

बिज्ञापन
बिज्ञापन

यस साता नेप्से परिसूचक ६७.१७ अंकले घटेर २६६९.३१ विन्दुमा पुगेको छ। गत साता २७३६.४८ विन्दुमा बन्द भएको नेप्से यो साता ६७.१७ अंकले घटेर २६६९.३१ विन्दु पुगेको हो। यो साता सबै कारोबार दिन नेप्से परिसूचक घटेको थियो।

बिज्ञापन

साताको पहिलो दिन आइतबार नेप्से २१।६३ अंकले घट्यो, सोमबार १०.१४ अंकले घट्यो, मंगलबार ७.६६ अंकले घट्यो, बुधबार १४.८८ अंकले घट्यो र अन्तिम कारोबार दिन बिहीबार १२.३८ अंकले घटेको थियो।

बिज्ञापन

यो साता औसतमा ५ अर्ब २५ करोड ९३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। आइतबार ६ अर्ब ८३ करोड ६६ लाख रुपैयाँ बराबरको कारोबार भयो। सोमबार ५ अर्ब ४० करोड, मंगलबार ४ अर्ब ३४ करोड ६६ लाख ३२ हजार र बुधबार ५ अर्ब १४ करोड ३९ लाख ९७ हजार रुपैयाँ बराबरको कारोबार भयो। त्यस्तै, बिहीबार अर्थात् कारोबारको अन्तिम दिन ४ अर्ब ५६ करोड १३ लाख ११ हजार रुपैयाँ बराबरको कारोबार भयो।

साताको पहिलो कारोबार दिन नेप्से २१.६३ अंकले घटेर २७१४.८५ को विन्दुमा कायम भएको थियो। त्यस दिन नेप्सेमा कारोबार भएको ३१६ कम्पनीको १ करोड ३९ लाख ७४ हजार कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ८३ करोड ६६ लाख रुपैयाँको कारोबार भएको थियो।

बिज्ञापन

साताको दोस्रो कारोबार दिन नेप्से १०।१४ अंकले घटेर २७०४.७ को विन्दुमा कायम भएको थियो। त्यस दिन नेप्सेमा कारोबार भएको ३३१ कम्पनीको ९९ लाख ३५ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ४० करोड रुपैयाँको कारोबार भएको थियो।

साताको तेस्रो कारोबार दिन नेप्से ७.६६ अंकले घटेर २६९७.०४ को विन्दुमा कायम भएको थियो। त्यस दिन नेप्सेमा कारोबार भएको ३१३ कम्पनीको ८२ लाख ३७ हजार ९०२ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ३४ करोड ६६ लाख ३२ हजार रुपैयाँको कारोबार भएको थियो।

साताको चौथो कारोबार दिन नेप्से १४.८८ अकंले घटेर २६८२.१५ को विन्दुमा कायम भएको थियो। त्यस दिन नेप्सेमा कारोबार भएको ३११ कम्पनीको ९५ लाख ८३ हजार ८२९ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब १४ करोड ३९ लाख ९७ हजार रुपैयाँको कारोबार भएको थियो।

साताको पाँचौ अर्थात् अन्तिम कारोबार दिन नेप्से १२.३८ अंकले घटेर २६६९.७६ को विन्दुमा कायम भएको थियो। त्यस दिन नेप्सेमा कारोबार भएको ३१२ कम्पनीको ९५ लाख ९९ हजार ३४३ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५६ करोड १३ लाख ११ हजार रुपैयाँको कारोबार भएको थियो।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते