वागमती प्रदेश सभाको बैठक आज (बुधबार) बस्दैछ। बिहान ११ बजेबाट हेटौंडा–१० स्थित प्रदेशसभा भवनमा बैठक बस्दैछ।
बिज्ञापन
माघ १८ गते स्थगित भएको बैठक माओवादी केन्द्रले अवरोध नगर्ने भएपछि एक सातापछि बस्न लागेको हो। आफनो नेतृत्वको सरकारले ल्याएको बजेट कांग्रेस–एमाले सरकारले कार्यान्वयन नगरेको र अर्थ तथा विविध शीर्षकको बजेटमा भाग माग्दै प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले सदन अवरुद्ध गर्ने चेतावनी दिइरहेको थियो।
बिज्ञापन
सभामुख भुवनकुमार पाठकको सक्रियतामा मंगलबार बसेको सर्वदलीय बैठकमा सदनमा अवरोध नगर्ने र बजेट कार्यान्वनमा सबैलाई समेट्ने सहमति जुटेको सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए। सदनको कार्यसूची अघिल्लो कार्यव्यवस्था तथा परामर्श समितिको बैठकमा भएको सहमति अनुसार हुने सर्वदलीय बैठकमा सहमति भएको उनले जानकारी दिए।








