होमपेज > आज अर्थसहित चार वटा समितिको बैठक बस्दै, के छन् एजेन्डा?

आज अर्थसहित चार वटा समितिको बैठक बस्दै, के छन् एजेन्डा?

बिज्ञापन
बिज्ञापन

संघीय संसद अन्तर्गत विभिन्न चार वटा समितिको बैठक बस्दैछ। आज अर्थ समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, विधायन व्यवस्थापन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो। सबै बैठक सिंहदरबारमा बस्नेछन्।

बिज्ञापन

अर्थ समितिको बैठकमा २०८१ साल माघ ११ देखि १६ गतेसम्म समितिले गरेका विभिन्न भन्सार कार्यालयहरुको स्थलगत अनुगमनबाट देखिएका नीतिगत, व्यवहारगत एवं भन्सार प्रशासनसँग अन्तरसम्बन्धित विषयमा अर्थ मन्त्रालय, भन्सार विभाग र अन्य सरकारी निकाय (नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राजस्व अनुसन्धान विभाग र आन्तरिक राजस्व विभाग) सँग छलफल गर्ने कार्यसूची रहेको छ। बैठक बिहान ११ बजे बस्नेछ।

बिज्ञापन

यस्तै, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा नेपालमा बाँदरको कहर नियन्त्रण सम्बन्धमा सरोकारवालासँग छलफल गरिनेछ। बैठक दिउँसो साढे १२ बजे बस्नेछ। विधायन व्यवस्था समितिको बैठकमा नेपाल कानून व्यवसायी परिषद (दोस्रो संशोधन) विधेयक, २०८१ मा दफावार छलफल गर्ने तयारी छ। बैठक दिउँसो १ बजे बस्नेछ।

यसैगरी दिउँसो १ बजे सुरु हुने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा नेपालको निर्वाचन प्रणाली सम्बन्धमा निर्वाचन आयोगको धारणाबारे छलफल हुनेछ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते