नेपाली बजारमा आज सोमबार सुनको मूल्य स्थिर रहेको छ।
बिज्ञापन
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६२ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ। आइतबार छापावाल सुन प्रतितोला एक लाख ६२ हजार ८ सय रूपैयाँमै कारोबार भएको थियो।
बिज्ञापन
त्यसैगरी, सोमबार चाँदीको मूल्य भने घटेको छ। चाँदी आज प्रतितोला १ हजार ८ सय ९५ रुपैयाँमा कारोबार हुँदैछ। आइतबार प्रतितोला १ हजार ९ सय १० रूपैयाँ किनबेच भएको थियो।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५ रूपैयाँ घटेको हो।








