होमपेज > अमेरिकाको पेन्सिलभेनियामा निजी जहाज दुर्घटना

अमेरिकाको पेन्सिलभेनियामा निजी जहाज दुर्घटना

बिज्ञापन
बिज्ञापन

अमेरिकाको पेन्सिलभेनियास्थित फिलाडेल्फियामा निजी जहाज दुर्घटना भएको छ।

बिज्ञापन

शुक्रबार स्थानीय समयअनुसार बेलुका साढे ६ बजे फिलाडेल्फियाको रूजवेल्ट मलनजिक एउटा प्राइभेट विमान दुर्घटना भएको समाचार संस्था रोयटर्सले जनाएको छ। फिलाडेल्फिया विमानस्थलबाट मिसौरीको स्प्रिङफिल्ड(ब्रान्सन विमानस्थल जाँदै गरेको विमानमा ६ जना सवार रहेको अमेरिकाको उड्डयन विभागले जनाएको छ।

बिज्ञापन

दुर्घटना भएको लियरजेट ५५ मेडिकल विमान (एयर एम्बुलेन्स) भएको बताइएको छ। जेट रेस्क्यु एयर एम्बुलेन्सले आफ्नो जहाज दुर्घटना भएको विज्ञप्तीमार्फत जानकारी दिएको छ। विमानमा चालक दलका चार सदस्य, एक बिरामी बालक र उनको हेरचाहमा आएका एकजना सवार थिए।

विमान तीव्र गतिमा खसेको र घना आवादी भएको सहरको जमिनमा बजारिएको रोयटर्सले समाचारमा लेखेको छ। जमिनमा खसेलगत्तै जहाजमा आगो लागेको र केहीबेरमै भीषण रूप लिँदै विस्फोट भएको थियो।

बिज्ञापन

विमानमा सवारमध्ये कोही पनि ज्युँदो नरहेको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन्।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते