प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी दलहरूले बजारमा भ्रम फैलाएको गुनासो गरेका छन्।
बिज्ञापन
संघीय संसद्अन्तर्गत शुक्रबारदेखि सुरु भएको हिउँदे अधिवेशनलाई सम्बोधन गर्दै उनले प्रतिपक्षी दलका नेतारकार्यकर्ताले सरकारको स्वस्थ आलोचना गर्नु छाडेर ‘हावादारी’ कुरा छरेको गुनासो गरेका हुन्।
बिज्ञापन
‘स्विट्जरल्यान्डको बैंक, श्रीमतीको नाममा यती अरब डलर लुकाएर राखेको छ, टेलिकममा यती लुकाएर राखेको छ ! यस्ता खालका झुटहरू फैलाएको देख्दा सरकारको काममा आलोचना गर्ने कुनै ठाउँ रहने। त्यसैले यस्ता काल्पनिक कुराको आश्रय लिनुपर्यो। म सरकारका कामकारबाहीको रचनात्मक आलोचना होस् भन्ने चाहन्छु,’ प्रधानमन्त्री ओलीले भने।
उनले आफूले कतै भ्रष्टाचार गरेको प्रमाणित गर्न पनि चुनौती दिए। ‘फेरि पनि म दाबाका साथ भन्छु, दुनियाँका अगाडि उभिएर भन्न चाहन्छु। म भ्रष्टाचार गर्दिन, गर्न दिन्नँ। कसैसँग दम छ भने भ्रष्टाचार गरेको कुनै पनि मात्रामा, कुनै पनि ठाउँमा, कुनै पनि सन्दर्भमा भ्रष्टाचार गरेको एउटा कुरा ल्याइयोस्,’ प्रधानमन्त्री ओलीले भने।
बिज्ञापन








