नेपाली बजारमा आज शुक्रबार सुनको मूल्य ह्वात्तै बढेको छ।
बिज्ञापन
सुन आज २३ सयले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६२ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ। बिहीबार छापावाल सुन प्रतितोला एक लाख ६० हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो।
बिज्ञापन
त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ। चाँदी आज प्रतितोला १ हजार ९ सय १५ रुपैयाँमा कारोबार हुँदैछ। बिहीबार प्रतितोला एक हजार आठ सय ८५ रूपैयाँ किनबेच भएको थियो।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३० रूपैयाँ बढेको हो।








