होमपेज > अमेरिकामा विमान दुर्घटना: ४० जनाको शव निकालियो

अमेरिकामा विमान दुर्घटना: ४० जनाको शव निकालियो

बिज्ञापन
बिज्ञापन

६४ जना यात्रु बोकेको अमेरिकन एयरलाइन्सको विमान बुधबार राति दुर्घटनामा परेको छ। उक्त विमान सेनाको हेलिकप्टरसँग ठोक्किएर पोटोम्याक नदीमा खसेको थियो। यो समाचार तयार पार्दासम्म उद्धार टोलीले ४० शव हिउँले भरिएको पानीबाट निकालेको सीएनएनमा उल्लेख छ।

बिज्ञापन

अहिलेसम्म ४० को शव निकालिए पनि विमानमा सवार ६४ र हेलिकप्टरमा सवार ३ जनाकै मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ। वासिङ्गटन डिसीनजिकै बुधबार साँझ भएको दुर्घटनामा कोही पनि बाँच्न नसक्ने अमेरिकी अधिकारीहरूले बताएका छन्। ६० यात्रु र ४ चालक दलसहित ६४ सदस्य सवार उक्त विमान र हेलिकप्टर दुर्घटनापछि पोटोम्याक नदीमा खसेको थियो। हेलिकप्टरमा तीन जना सैनिक सवार थिए।

बिज्ञापन

विमानमा अमेरिकाबाट फिगर स्केटरहरू पनि थिए। रसियाले विमानमा आफ्ना केही नागरिक पनि सवार रहेको पुष्टि गरेको छ।जेट क्यान्ससबाट वासिङ्गटन आउँदै गरेको अमेरिकन एयरलाइन्सको सीआरजे ७००० बम्बार्डियर जेट र अमेरिकी सेनाको ब्ल्याकहक ९एच–६०० हेलिकोप्टर ठोक्किएर दुर्घटना भएको थियो। हेलिकोप्टर प्रशिक्षण उडानमा रहेको एजेन्सीहरूले उल्लेख गरेका छन्। घटनामा संलग्न अनुसन्धानकर्मीहरूले हेलिकप्टर किन त्यो उचाइमा उडेको थियो भन्ने विषयमा सोधपुछ गरिरहेको बताइएको छ।
हेलिकप्टरमा सेनाका कुनै वरिष्ठ अधिकारी थिएनन्, तर त्यसमा सवार सैनिकको अवस्था पनि स्पष्ट छैन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुर्घटनापछि सामाजिक सञ्जाल एक्समा भनेका छन्, ‘रेगन नेसनल एयरपोर्टमा भएको दुर्घटनाबारे मैले पूर्ण जानकारी पाएको छु। अवस्थाको अनुगमन भइरहेको छ।’ उनले दुर्घटनामा ज्यान गुमाउनेहरूप्रति दुःख व्यक्त गर्दै अगाडि भनेका छन्, ‘मृतकका आत्मालाई भगवान्ले शान्ति प्रदान गरून्।’

यसअघि एयर ट्राफिक कन्ट्रोलरहरूले अमेरिकी सेनाको हेलिकप्टरलाई यात्रु विमानसँग ठोक्किने मार्गमा रहेको चेतावनी दिएका थिए। उक्त दुर्घटनाको अडियोमा नियन्त्रण कक्षका मानिसहरूको सास रोकिएको आवाज सुनिएको छ। बुधबार राति हेलिकप्टरले अमेरिकन एयरलाइन्सको सहायक कम्पनीद्वारा सञ्चालित बोम्बार्डियर विमानलाई रेगन नेसनल एयरपोर्टमा अवतरणका लागि नजिकिँदै गर्दा ठक्कर दिएको थियो।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते