होमपेज > नवलरासीमा लागुऔषध कारोबारीलाई समात्न प्रहरीले चलायो ४ राउन्ड गोली

नवलरासीमा लागुऔषध कारोबारीलाई समात्न प्रहरीले चलायो ४ राउन्ड गोली

बिज्ञापन
बिज्ञापन

पश्चिम नवलरासीमा प्रहरीले लागुऔषध कारोबारीलाई समात्न गोली चलाएको छ।

बिज्ञापन

बिहीबार बेलुकी ८ बजे नवलपरासीको रामग्राम नगरपालिका-१२ पचगाँवामा प्रहरीले चार राउन्ड गोली चलाएर लागुऔषध कारोबारीलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा सोही स्थानका ५२ वर्षीय राजेश लोनिया रहेको नवलपरासी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी रेशम बोहराले जानकारी दिए।

बिज्ञापन

उनको खुट्टाको माथिल्लो भागमा गोली लागेको छ। डिएसपी बोहराका अनुसार राजेश लोनियाको घरमा लागुऔषध कारोबार भइरहेको भन्ने सूचना प्रहरीले पाएको थियो। त्यसपछि लागुऔषध नियन्त्रण ब्युरो भैरहवा शाखाबाट प्रहरी नायब निरीक्षक सागर भट्टराईको नेतृत्वमा ५ जनाको टोली लोनियाको घरमा पुगेको थियो।

त्यहाँ लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई नियन्त्रणमा लिन खोज्दा उनीहरू प्रहरीमाथी नै जाइलागेका थिए। उल्टै प्रहरीको साथमा रहेको पेस्तोल खोस्न लागेको र अर्का व्यक्ति भाग्न लागेपछि प्रहरीले गोली चलाएको डिएसपी बोहराले जानकारी दिए।

बिज्ञापन

त्यस क्रममा प्रहरीले चार राउन्ड फायर गरेको र एउटा गोली मात्रै भागिरहेको लोनियालाई लागेको थियो। अर्का व्यक्ति भने फरार भएका छन्। प्रहरीको गोली लागेर घाइते भएका लोनियालाई प्रहरीकै गाडीमा जिल्ला अस्पताल परासी पठाइएको छ। उनको अवस्था मध्यम रहेको डिएसपी बोहारले जानकारी दिए।

लोनियाको घरबाट ९३ पुरिया ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ बरामद भएको पनि डिएसपी बोहराले जानकारी दिए। फरार एकजनाको खोजी भइरहेको छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते