नेपालमा चालु आर्थिक वर्षको ६ महिनामा १६ अर्बभन्दा बढीको स्मार्ट फोन र १८ करोडभन्दा बढीको स्मार्ट वाच आयात भएको छ।
बिज्ञापन
भन्सार विभागको पुस मसान्तसम्मको तथ्यांकअनुसार, १६ अर्ब ७१ करोड ३९ लाख ३० हजार रुपैयाँ बराबरको ११ लाख ११ हजार ५५६ थान स्मार्ट फोन आयात भएको छ। उक्त फोन आयात हुँदा ३ अर्ब ११ करोड ६८ लाख ४९ हजार रुपैयाँ राजस्व संकलन भएको विभागले जनाएको छ।
बिज्ञापन
सोही अवधिमा १८ करोड ८९ लाख ३९ हजार रुपैयाँ बराबरको १ लाख ७ हजार ७८९ थान स्मार्ट वाच आयात भएको छ। उक्त स्मार्ट वाच आयात हुँदा ५ करोड ६८ लाख ३५ हजार रुपैयाँ राजस्व संकलन भएको विभागले जनाएको छ।








