होमपेज > लक्ष्मी सनराइज बैंकको अगुवाईमा घुन्सा खोला जलविद्युत आयोजनामा लगानी सम्झौता सम्पन्न

लक्ष्मी सनराइज बैंकको अगुवाईमा घुन्सा खोला जलविद्युत आयोजनामा लगानी सम्झौता सम्पन्न

बिज्ञापन
बिज्ञापन

लक्ष्मी सन्‌राइज बैंक लिमिटेडको अगुवाईमा बैंक तथा वित्तीय संस्थाहरू र रेमिट हाइड्रो लिमिटेडबीच ताप्लेजुङ्ग जिल्लामा निर्माण हुन लागेको ७७.५ मेगावाट क्षमताको घुन्सा खोला जलविद्युत आयोजनामा लगानी गर्ने सम्झौता सम्पन्न भएको छ।

बिज्ञापन

आयोजनाको कुल लागत १८ अर्ब १३ करोड रुपैयाँ रहेको छ। सो आयोजनाले सन् २०३० भित्र निर्माण सम्पन्न गरी वार्षिक करिब ४६२.२८ गिगावाट-आवर विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको छ। परियोजनाले नेपाल सरकारको ‘जनताको जलविद्युत कार्यक्रम’ अन्तर्गत नविकरणीय ऊर्जा प्रवर्द्धनमा योगदान पुर्याउने विश्वास लिइएको छ।

बिज्ञापन

परियोजनाको लागि लक्ष्मी सनराइज बैंकको नेतृत्वमा सहवित्तीयकरणमा सहभागी बैंकहरूले कुल परियोजना लागतको ७० प्रतिशत लगानी गर्ने प्रतिवद्धता जनाएका छन्। बाँकी ३० प्रतिशत रकम संस्थापक तथा साधारण प्रवद्र्धकहरूले लगानी गर्नेछन्। लक्ष्मी सनराइज बैंकको प्रोजेक्ट फाइनान्स प्रतिवद्धता ५ अर्ब रुपैयाँ रहेको छ भने सहवित्तीयकरणमा सहभागी अन्य बैंकहरूमा हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडको ३ अर्ब, नागरिक लगानी कोषको २ अर्ब, माछापुच्छ्रे बैंकको १ अर्ब ४४ करोड, र एभरेष्ट बैंकको १ अर्ब २५ करोड रुपैयाँ रहेको छ।

लक्ष्मी सनराइज बैंकले हाल २५४ वटा शाखा कार्यालय, ३२७ वटा एटीएम मेशिन, २७ वटा विस्तारित काउन्टर, १२८ वटा शाखारहित बैंकिङ्ग सेवा तथा ५००० विप्रेषण एजेन्टमार्फत सेवा प्रदान गरिरहेको छ। बैंकको कुल वासलात ३९५ अर्ब रुपैयाँ रहेको छ भने निक्षेप ३३३ अर्ब र कर्जा लगानी २५८ अर्ब रुपैयाँ रहेको छ। वित्तीय सूचकहरू सकारात्मक देखिएको बैंकको दाबी छ।

बिज्ञापन

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते