नेपालको विद्युतीय सवारी साधनको प्रमुख वितरक सीजी मोटर्सले अन्तर्राष्ट्रिय रुपमा प्रख्यात आयन भीको भव्य लञ्च समारोहमार्फत औपचारिक रूपमा सार्वजनिक गरेको छ।
बिज्ञापन

बिज्ञापन
यस कार्यक्रमले नेपालमा यातायातको बढ्दो मागलाई पूरा गर्दै सीजी मोटर्सको उच्च प्रविधियुक्त, वातावरणमैत्री सवारी साधनहरूको पोर्टफोलियो विस्तार गर्ने दिशामा महत्वपूर्ण योगदान दिएको सीजीको विश्वास छ। मंगलबार काठमाडौंको हायात रेजेन्सीमा आयोजित विशेष कार्यक्रमले आयनको नेपालमा सवारी साधनहरूको श्रृंखलामा नयाँ नाम थपेको छ। उद्घाटन कार्यक्रमलाई चौधरी समूहका प्रबन्धक निर्देशक निर्वाणकुमार चौधरीले उद्घाटन गरेका थिए।

बिज्ञापन
कार्यक्रममा आयनका प्रमुख पदाधिकारीहरूको पनि विशेष उपस्थिति रहेको थियो। जसमा एसियाली क्षेत्रका कन्ट्री प्रबन्धक ड्यानियल चोउ, मार्केटिङ प्रबन्धक हान्न ताओ, उत्पादन प्रबन्धक प्याट्रिक यु, र मार्केटिङ विशेषज्ञ भिक्टोरिया वाङको उपस्थिति रहेको थियो। कार्यक्रमका मुख्य वक्ता ड्यानियल चोउ र निर्वाण चौधरीले आयन वाई भेरियन्टको नेपालमा प्राप्त सफलताको बारेमा चर्चा गरे।

उनीहरूले उक्त सफलताबाट प्रेरित हुँदै अत्याधुनिक आयन भी सार्वजनिक गरिएकोमा जोड दिए। आयनले चीनमा गुणस्तरको हिसाबले नं. १ ईभी ब्रान्डको रूपमा आफ्नो पहिचान कायम गरेको छ। उच्च प्रविधि, उच्च सुरक्षा मापदण्ड, र वातावरणमैत्री डिजाइनका कारण आयनले विश्वव्यापी अटोमोबाइल उद्योगमा नयाँ मापदण्ड कायम गर्दै आएको छ।
दुई भेरियन्टमा उपलब्ध आयन भीले प्रत्येक यात्राको लागि उत्कृष्ट प्रदर्शन, आरामदायी सुविधाहरू प्रदान गर्ने सीजीले बताएको छ।








