होमपेज > ‘डिजिटल प्राथमिक स्वास्थ्य सेवा’ बाट ८ सयबढीले लिए सेवा

‘डिजिटल प्राथमिक स्वास्थ्य सेवा’ बाट ८ सयबढीले लिए सेवा

बिज्ञापन
बिज्ञापन

‘डिजिटल प्राथमिक स्वास्थ्य सेवा’ बाट ८ सयबढीले लिए सेवा लिएका छन्।लिखु तामाकोशी गाउँपालिकामा सञ्चालित ‘डिजिटल प्राथमिक स्वास्थ्य सेवा’ बाट ८ सय भन्दा बढी नागरिकले सेवा लिएका छन्।

बिज्ञापन

गणेश उज्जन (भुवन) स्मृति प्रतिष्ठान र एनपीओ आशा जापानको सहकार्यमा एक वर्षदेखि सञ्चालन भएको ‘डिजिटल प्राथमिक स्वास्थ्य सेवा’ बाट सो गाउँपालिकाका ८ सय बढी नागरिकले सेवा लिएका हुन्। एक वर्षमा ‘डिजिटल प्राथमिक स्वास्थ्य सेवा’ मार्फत ३ सय २४ जनाले मातृ तथा शिशु स्वास्थ्य सम्बन्धी समस्याहरू दर्ता गराएकामा उनीहरूलाई विभिन्न चरणमा ६ सय ५१ पटक सेवा दिइएको संस्थाले जनाएको छ।

बिज्ञापन

यसै गरी एक वर्षमा ४ सय ९३ जना मधुमेह, उच्च रक्तचाप र दमका दीर्घ रोगीहरूले समस्या दर्ता गराएकामा ७ सय ३१ पटक सेवा दिइएको संस्थाको प्रगति प्रतिवेदनमा उल्लेख छ। एक वर्षको अवधिमा १५ विद्यालयका ३ सय ५ जना विद्यार्थीहरूलाई प्राथमिक उपचार तालिमलाई दिइएको गणेश उज्जन (भुवन) स्मृति प्रतिष्ठानले जनाकारी दिएको छ।

बिज्ञापन

स्वास्थ्य सेवा कार्यक्रमको प्रथम वार्षिकउत्सव कार्यक्रममा बोल्दै लिखु तामाकोशी गाउँपालिका अध्यक्ष केशव महतले गाउँपालिकाको ‘स्वस्थ नागरिक बनाउने’ अभियानमा गणेश उज्जन (भुवन) स्मृति प्रतिष्ठान र एनपीओ आशा जापानको सहकार्यमा ‘डिजिटल प्राथमिक स्वास्थ्य सेवा’ मार्फत नागरिकलाई दिइएको सेवा प्रभावकारी भएको बताए। उनले सो कार्यमा गाउँपालिका अझै सहकार्य गरेर अघि बढ्न तयार रहेको जानकारी दिए।

प्रतिष्ठानकी अध्यक्ष सावित्री श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर १ देखि ७ सम्मका वडाध्यक्षहरू, गाउँपालिकाका १५ विद्यालयका प्रधानाध्यापकहरू र स्वास्थ्य संस्थाका इञ्चार्जहरू सहभागी रहेका थिए। कार्यक्रममा एनपीओ आशा जापानका अध्यक्ष योशिफुमी निनले डिजिटल प्रविधिमार्फत प्रदान गरिने स्वास्थ्य सेवा ग्रामीण क्षेत्रका नागरिकका लागि प्रभावकारी भएको बताइन्।

प्रतिष्ठानका सल्लाहकार राजकुमार श्रेष्ठले शिक्षा, स्वास्थ्य, र सामाजिक विकासमा प्रतिष्ठानले काम गर्दै आएको बताए । समुदायको स्वास्थ्य सुधारका लागि यस्ता कार्यक्रम आवश्यक रहेको उनको भनाइ छ। कार्यक्रमका परियोजना संयोजक गणेशमान लामाले कार्यक्रमलाई अझ प्रभावकारी बनाउन स्थानीय सरकारसँग मिलेर काम गर्ने बताए। उनले आगामी कार्यक्रमको कार्ययोजना समेत प्रस्तुत गरेका थिए। उनले ज्येष्ठ नागरिक स्वास्थ्य कार्यक्रमलाई थप प्राथमिकतामा राखेर काम गर्ने बताए।

कार्यक्रममा उत्कृष्ट योगदान गर्ने समुदाय स्वास्थ्य कार्यकर्ता वर्ष २०२४ पुरस्कार लालमाया तामाङलाई प्रदान गरिएको थियो। त्यस्तै समुदाय प्रभाव पुरस्कार सस्मिता माझीलाई र नेतृत्व पुरस्कार उर्मिला पौडेललाई प्रदान गरिएको थियो।

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते