होमपेज > बैंक सबल र प्रभावकारी भयो भने बैंकको इज्जत माथि उठ‍्छ: अर्थमन्त्री पौडेल

बैंक सबल र प्रभावकारी भयो भने बैंकको इज्जत माथि उठ‍्छ: अर्थमन्त्री पौडेल

बिज्ञापन
बिज्ञापन

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले बैंकहरूलाई आफूले लिएका उद्देश्य हासिल गर्ने विषय पहिलो प्राथमिकतामा राखेर काम गर्न आग्रह गरेका छन्।

बिज्ञापन

कृषि विकास बैंकको ५८औं वार्षिकोत्सवमा सोमबार आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले बैंकको क्षमता विकास, सामर्थ्य विकास, प्रतिष्ठा र इज्जत पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताएका हुन्। उनले बैंक सबल र प्रभावकारी भएमात्र बैंकका कर्मचारीको इज्जत माथि उठ्ने र बैंकले नागरिकको विश्वास जित्ने धारणा राखे। बैंक कर्मचारीले पहिलो प्राथमिकता बैंकको उन्नति र प्रगतिलाई दिएर काम गर्न आवश्यक रहेको उनले बताए।

बिज्ञापन

‘अहिले बैंकको व्यवस्थापन र कर्मचारी साथीबीच जहाँ जीवन्त सम्बन्ध हुन्छ, जहाँ राम्रो सम्बन्ध हुन्छ, त्यस्तो बैंकले प्रगति गर्ने सम्भावना ज्यादा हुन्छ,’ उनले भने, ‘म बैंकका सबै कर्मचारी साथीहरू, बैंकमा गठन भएका ट्रेड युनियनका साथीहरूलाई आग्रह गर्न चाहन्छु, यहाँहरूले सबैभन्दा पहिलो प्राथमिकता बैंकको क्षमता, बैंकको सामथ्र्य, बैंकको प्रतिष्ठा र इज्जतलाई पहिलो कार्यसूची बनाउनुपर्छ।’

अर्थमन्त्री पौडेलले बैंक सबल र प्रभावकारी भयो भने बैंकको इज्जत माथि उठ्ने र समस्त कर्मचारीको इज्जत माथि उठ्ने बताए । ‘त्यसमा हरेकले सेभिङ गर्न पाउँछ, बैंकको प्रतिष्ठा कमजोर भयो, बैंकको पर्फर्मेन्स कमजोर भयो भने त्यसको अपजस सबैलाई बाँडिन पुग्छ,’ उनले भने, ‘पहिलो प्राथमिकता बैंकको उन्नति र प्रगतिलाई दिनुहोला । बैंक जुन उद्देश्यले स्थापना भएको छ, ती उद्देश्य हासिल गर्ने कुरालाई सर्वोच्च प्राथमिकता दिनुपर्छ।’

बिज्ञापन

उपप्रधानमन्त्री पौडेलले व्यवस्थापन र कर्मचारीबीच राम्रो सम्बन्ध नहुँदा कतिपय संस्थाले अपेक्षित प्रगति गर्न नसकेको बताए। बैंकहरूको निक्षेप अनुपात चिन्ताको विषय रहेको उनको भनाइ थियो।

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते