कोलकाताको आरजी कार मेडिकल कलेजमा एक प्रशिक्षार्थी डाक्टरको बलात्कार-हत्यामा दोषी ठहरिएका सञ्जय रोयलाई आजीवन काराबासको सजाय सुनाइएको छ।
बिज्ञापन
सियालदह अदालतले सोमबार रोयलाई यस्तो सजाय सुनाएको हो। ५ माघमा न्यायाधीश अनिर्बान दासको एकल इजलासले रोयलाई बलात्कार-हत्यामा दोषी ठहर गरेको थियो। अदालतले घटनाको १६२ दिनपछि फैसला सुनाएको थियो। बलात्कार-हत्याको घटना ९ अगस्ट २०२४ मा भएको थियो र १८ जनवरी २०२५ मा फैसला आएको हो।
बिज्ञापन
उनलाई भारतीय न्यायिक संहिताको धारा ६४ र १०३ (१) अन्तर्गत दोषी ठहर गरिएको थियो। सजाय सुनाउनुअघि रोयलाई बोल्ने मौका दिइएको थियो। उनले कुनै अपराध नगरेको बताएका थिए। उनले भनेका थिए, ‘मैले कुनै अपराध गरेको छैन, न बलात्कार, न हत्या। मलाई फसाइयो। यातना दिइयो। जबरजस्ती हस्ताक्षर गराइयो।’ सीबीआईले रोयलाई मृत्युदण्ड दिन माग गरेको थियो। भारतीय सञ्चारमाध्यमकाअनुसार पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बनर्जीले पनि मृत्युदण्डको माग गरेकी थिइन्।
रोयकी आमा र बहिनीले फाँसी दिए पनि सजायको विरुद्धमा पुनरावेदन नगर्ने बताएका छन्। आमाले भनिन्, ‘मैले त्यो केटीका बाबुआमाको पीडा बुझ्छु, मेरा पनि छोरी छन्।’ गत अगस्ट ९ राति आरजी कार अस्पतालमा प्रशिक्षार्थी डाक्टरको बलात्कारपछि हत्या भएको थियो । साउन ९ गते बिहान सेमिनार हलमा डाक्टरको शव भेटिएको थियो । सीसीटीभी फुटेजको आधारमा प्रहरीले सञ्जय रोय नामका सिभिक स्वयंसेवकलाई अगस्ट १० मा पक्राउ गरेको थिए।
बिज्ञापन
सीबीआईले १० डिसेम्बर २०२४ मा सर्वोच्च अदालतमा स्टेटस रिपोर्ट दिएको थियो। जसमा सियालदह ट्रायल कोर्टमा नियमित सुनुवाइ भएको र ८१ मध्ये ४३ जना साक्षीलाई सोधपुछ गरिएको बताइएको छ। यस घटनापछि कोलकातामा प्रदर्शन सुरु भयो र राज्यमा स्वास्थ्य सेवा दुई महिनाभन्दा बढी समयसम्म ठप्प भएको थियो।








