होमपेज > आम्दानीसँगै बढ्यो एभरेष्ट बैंकको खुद नाफा, ईपीएस ३२ रुपैयाँ

आम्दानीसँगै बढ्यो एभरेष्ट बैंकको खुद नाफा, ईपीएस ३२ रुपैयाँ

बिज्ञापन
बिज्ञापन

एभरेष्ट बैंकले चालु आर्थिक वर्षको ६ महिनामा २ अर्ब ७ करोड रुपैयाँ खुद नाफा गरेको छ। बैंकले गत आवको सोही अवधिको तुलनामा ३६ करोड रुपैयाँ बढी नाफा गरेको हो।

बिज्ञापन

बैंकले खुद ब्याज आम्दानी नै बढाएर नाफाको आकार बढाएको देखिन्छ। सोमबार प्रकाशित वित्तीय विवरणअनुसार बैंकले ४ अर्ब ३१ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरी ३५ करोड रुपैयाँ नोक्सानी व्यवस्थाका लागि छुट्याएको छ। गत आवमा यस्तो रकम ३ अर्ब ६२ करोड र ४३ करोड थियो। यता ६ महिनामा ब्याज खर्च भारीमात्रामा घटेको छ। गत आवको ६ महिनामा बैंकले ७ अर्ब ८६ करोड रुपैयाँ ब्याज खर्च भएकामा यस आवमा हालसम्म ५ अर्ब ९८ करोड रुपैयाँमात्र खर्च भएको छ।

बिज्ञापन

नाफा बढ्दा बैंकको प्रतिसेयर आम्दानीमा पनि सुधार भएको छ। ईपीएस ३२.०६ रुपैयाँ कायम हुँदा नेटवर्थ बढेर २२५.७९ रुपैयाँ कायम भएको छ। यसता पीई रेसियो ३२.०६ रहेको छ। एभरेष्टको वित्तीय विवरण सुधार हुनुको कारण निष्क्रिय कर्जा नियन्त्रित स्थितिमा रहनुलाई मानिएको छ।

बैंकहरुको खराब कर्जा निरन्तर बढिरहेको बेला एभरेष्टको भने यस्तो कर्जाको आकार कुल कर्जाको ०.७७ प्रतिशतबाट घटेर ०.६६ कायम भएको छ। ६ महिनासम्म वितरणयोग्य नाफाको आकार २ अर्ब ७१ करोड ६७ लाख रुपैयाँ रहेको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते