होमपेज > सैफ अली खानमाथि चक्कु प्रहार गर्ने व्यक्ति पक्राउ

सैफ अली खानमाथि चक्कु प्रहार गर्ने व्यक्ति पक्राउ

बिज्ञापन
बिज्ञापन

बलिउड अभिनेता सैफ अली खानमाथि चक्कु प्रहार प्रकरणमा मुम्बई प्रहरीले आरोपीलाई पक्राउ गरेको छ। प्रहरीले शनिबार राति महाराष्ट्रको ठाणेको हिरानन्दीबाट आरोपीलाई नियन्त्रणमा लिएको जानकारी दिएको छ। चक्कु प्रहार गर्ने व्यक्ति बंगलादेशी हुनसक्ने प्रहरीको आशंका छ।

बिज्ञापन

भारतीय सञ्चारमाध्यमका अनुसार अभियुक्तको नाम विजय दास हो। ‘पक्राउ परेका अभियुक्त विजय दास एक रेस्टुरेन्टमा काम गर्थे र उनले अपराध स्वीकार गरेका छन्,’ समाचार एजेन्सी एएनआईले मुम्बई प्रहरीलाई उद्धृत गर्दै भनेको छ। मुम्बई प्रहरीले आज ९आइतबार० बिहान अभियुक्तलाई सार्वजनिक गर्दै घटनाबारे जानकारी दिन पत्रकार सम्मेलन आयोजना गर्ने तयारी गरेको छ। १६ जनवरीको राति सैफ अली खानको मुम्बईको बान्द्रास्थित निवासको १२ औं तल्लामा आक्रमण भएको थियो। चोरी गर्ने प्रयासमा आक्रमणकारीले धेरै पटक सैफलाई चक्कु प्रहार गरेका थिए। उनको उपचार मुम्बईको लीलावती अस्पतालमा भइरहेको छ।

बिज्ञापन

चिकित्सकहरूले सैफको मेरुदण्डबाट भाँचिएको चक्कुको टुक्रा निकालेका छन्। उपचारमा संलग्न चिकित्सकका अनुसार सैफको स्वास्थ्य अवस्था स्थिर रहेको छ र उनी छिट्टै डिस्चार्ज हुनेछन्। शनिबारको अनुसन्धानमा प्रहरीले सैफको घरबाट भाँचिएको चक्कुको टुक्रा बरामद गरेको थियो। मुम्बई प्रहरीले सैफकी पत्नी तथा अभिनेत्री करिना कपुर खानको बयान लिएको छ। करिना कपुरले आक्रमणकारी घरमा प्रवेश गरेपछि सैफमाथि आक्रमण गरिए पनि धनमाल नलुटिएको बताएकी छिन्।

अभियुक्त हाल हिरासतमा छन्। मुम्बई प्रहरीले आरोपीको खोजी गरिरहेको थियो। यसअघि मुम्बई प्रहरीले बान्द्रा प्रहरी चौकीमा सोधपुछको लागि एक व्यक्तिलाई नियन्त्रणमा लिएर छोडेको थियो। प्रहरीले ती व्यक्ति उक्त आक्रमणसँग सम्बन्धित नभएको पुष्टि गरेको छ। शुक्रबार, मुम्बई प्रहरीले यस सम्बन्धमा सोधपुछको लागि एक संदिग्धलाई बान्द्रा प्रहरी चौकीमा पुर्‍याएको थियो।

बिज्ञापन

प्रहरीले आक्रमणकारीसँग मिल्दोजुल्दो देखिने धेरै व्यक्तिहरूसँग सोधपुछ गरेपछि उनलाई हिरासतमा लिइएको मुम्बई प्रहरीका एक अधिकारीले बताए। यसैबीच, महाराष्ट्रका गृह राज्यमन्त्री योगेश कदमले शुक्रबार नै यस घटनामा ‘कुनै पनि अन्डरवर्ल्ड गिरोह’ संलग्न नभएको बयान दिएका थिए।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते